राजेश कुमार राजवंशी
कार्तिक। ४।आईतवार
विराट राजवंशीले दिपावली (सुकरात) को अवसरमा हुकाहुकी कार्यक्रम विराटनगर महानगरपालिका वडा १२ विराट समुदायिक भवनमा हुकाहुकी मनायो ।
कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सदस्य भिम पराजुलीले हुकाहुकिमा दियो बालेर कार्यक्रम उद्घाटन गर्नु भयो ।प्रमुख अतिथिले बोल्दै विराट राजवंशी कोशी प्रदेशमा पहिलो जातिको रूपमा रहेको छ ।हामी राजवंशीहरु संगै हुर्केको हुनाले राजवंशीहरुको धर्म संस्कृति कला र भेष भुषालाइ संरक्षण गर्नु हामी सबैको दायित्व हो । राजवंशी समाज उत्थान समिति उपाध्यक्ष प्रदीप विस्वश राजवंशीले सुकरात पर्वमा हामी लक्ष्मि पुजाको दिन विहानै माटो र गोबरले आङ्गन घर लिपी साझ गाई गोरू र भैंसीलाई कठ्ठामा पान र सुपारी लिएर निम्तो दिइन्छ ।
सन्ठी र दभारीले बेरिएर बनाएको ४ वा ५ फिट लाम्चो हुकाहुकी घरमा रहेको कुल देवीदेवता झाप,काकड नेपुर,पाँच देवती लौली ,हनुमान ठाकुर भएको ठाउँमा दियो बालेर हुकाहुकीमा आगो लगाएर घरबाट निस्किदा भन्ने गरिन्छ दग्धा दग्धी बहार हुअ, बहारके लक्ष्मी घर हुअ भन्दै चौरमा गएर खेल्ने गरिन्छ ।हुका हुकि खेल्ने क्रममा हुका रे हुकि चिम फुकी, और बौर हमर खेतीमे बाठे चौर , हका डका हमर खेतीमे छुछे टका भन्दै हुका हुकि आधी जलि सके पछी एउटै ठाउँमा भेला पारी आगो लाई नाघे पछी शरीर भित्रको रोग व्याधी निको हुने धार्मिक रहेको छ
। जलेर बाकी रहेको हुका हुकि अन्तिममा विभिन्न फलफूलहरुको नाम लिएर रोप्ने बताउनु भयो । राजवंशी समाज उत्थान समिति अध्यक्ष भुनेस्वर मण्डले विराट राजवंशीले चामलको पिठो बनाइ बगिया बनाइ चामलकै काचो पिठो बाट कनिया दुलाह बनाइ अघनी धानको खेतीमा हुका हुका मा आगो बालेर खेतको चारै तिर खल्ने गरिन्छ । धानमा किरा फटयांग्रा नलाग्ने धार्मिक विस्वास रहेको बताउनु भयो ।कार्यक्रम मा वक्ताहरु बोल्दै रा . स . उ .स. जिल्ला अध्यक्ष काशिराम राजवंशी विराट राजवंशी शिक्षक कर्मचारी अध्यक्ष चन्द्र नारायण राजवंशी केन्द्रिय सदस्य सिधु लाल राजवंशी कटहरी गा पा १ न वडा अध्यक्ष हरि नारायण राजवंशी केन्द्रिय सचिव बानेश्वर राजवंशी केन्द्रिय कोषाध्यक्ष मायाराम राजवंशी लगायत शुभकामना मन्तव्य राख्नु भयो ।प्रथम हुका हुकि कार्यक्रममा संस्कृतिलाई जोगाउनका निम्ति भकतिया मंडलीलाई सम्मान गरियो। विराट राजवंशी युवा समिति अध्यक्ष विक्रम राजवंशीले आफ्नो संस्कृति जोगाउनको निम्ति हुका हुकिलाई संरक्षण सम्बर्द्धन गर्दै प्रथम हुका हुकि कार्यक्रम सम्पन्न गरियो ।