काेशी प्रदेश सिएच आई टिएफमा ३७जना खेलाडीहरु उत्पादन भईसकेकाे  ।थारु पाेर्टल

काेशी प्रदेश सिएच आई टिएफमा ३७जना खेलाडीहरु उत्पादन भईसकेकाे  ।थारु पाेर्टल

कानेपाेखरी ।

२७।कार्तिक।

काेशी प्रदेश सिएच आई टिएफमा ३७जना खेलाडीहरु उत्पादन भईसकेकाे जानकारी काेशी प्रदेश सिएच आई टिएफका  अध्यक्ष  तथा प्रमुख प्रशिक्षक गुरु युवराज भुजेलले एक कार्यक्रम मार्फत जानकारी गराउनु भयाे । माेरङ्गकाे कानेपाेखरी गाउँपालिकाबाट सुरु गरेकाे टेक्वान्डाे खेलमा  अहिले काेशी प्रदेशकाे  तेह्रथुमकाे  आठराई,  माेरङ्गकाे कानेपाेखरी, रङ्गगेली ,बेलबारी ,ईलाम  लगायतका ठाउँहरुकाे सिएच आई टिएफ टेक्वान्डाे खेल सँचलनमा आएकाे छ ।

जसमा ५सय  ५०जना खेलाडीहरु सहभागी रहेकाे अध्यक्ष   भुजेलले  बताउनु भयाे । हालै नवलपरासीकाे बर्दाघाट अन्तरगतकाे त्रिवेणी धाममा कालाे पेटी १ डानकाे स्तर उन्नतीकाे परीक्षामा ९ जना खेलाडीहरु सहभागी रहेकाे थियाे । भने हाल काेशी प्रदेशमा कालाेपेटी १ डान २२जना  २ डान २ जना  ३डान २जना र नयाँ गरी ३७ जना रहेकाे छ । खेल जगतबाट एसिएन खेलमा पनी नाम राख्न सफल भएकाे सिएच आई टिएफले कानेपाेखरीकी ईन्दिरा थापा दाेस्राे गाेल्ड मेडलिस्ट उपादी पाएर कानेपाेखरी नाम राख्न सफल हुनु भएकी थिईन भने प्रथम अन्तराष्टिय खेलमा आशिस भुजेल ४५केजीताैलकाे  खेलमा  प्रथम मेडलिस्ट जित्न सफल भएकाे थियाे । टेक्वान्डाे खेलले आत्म रक्षाकाे साथ साथै स्वस्थ्य रहन र कुलतबाट समेत जाेगीने भएकाेले याे खेल प्रती अभिभावकहरुले आफ्ना नानी बाबुलाई खेलमा पठाएकाे जानकारी अभिभावक तथा सहयाेगी मनकारी मन कमल धिमालले बताउनु भयाे । उहाँले यस खेललाई आर्थीक रुपमा सहयाेग गर्दै आईरहनु भएकाे छ । हालै नवलपरासीकाे बर्दाघाटकाेत्रिवेणी धाममा भएकाे ग्रेडीङ्ग कार्यक्रममा हाैसला स्वरुप खेलाडीहरुकाे यातायात खर्च बावत रु १०हजार सहयाेग गर्नुभएकाे थियाे ।

कानेपाेखरी गाउँपालिकाले खेलकाे लागी सहयाेग गरिरहनु भएकाे छ भने खेलमा जादा सरकार प्रमुख राजमती ईङ्गनामले खेलाडीहरुलाई विदाई अनी जितकाे अग्रीम शुभकामना समेत दिई विदाई गर्दै आईरहनु भएके छ ।

खेलकुद समाचार