कार्तिक २७ मँगलबार
रबिन्द्र बराल
रंगेली अस्पतालमा केही महिनायता बिरामीको चाप वडे संगै बिरामीहरुकाे रगत परिक्षण गर्दे उनिहरुमा रक्तअल्पता (शरिरमा ब्लड कमि) हुने समस्यामा देखिन थालेको छ । रंगेली अस्पताल उपचार गराउन रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका धनपालथान गाउँपालिका , कानेपाेखरी नगरपालिका तथा भारतका सिमाक्षेत्रहरुबाट उपचारका लागि रंगेली अस्पतालमा बिरामीहरु उपचारका लागि आउने गरेका छन । बिगतका दिनहरुमा दैनिकी १ सय देखि २ सय बिरामीहरु उपचारका लागि आउने गरेता पनि अहिले अस्पतालमा सबै प्रकारकाे राेग बिषेश्ज्ञय डाक्टरहरुले सेवा दिन थाले पछि अहिले दैनिकी ५ सय देखि ६ सय सम्म बिरामीहरुले सेवा समेत पाउदै आईरहेका छन ।
अस्पतालमा ज्वराे, रुधाखाेकी लगायतकाे बिरामीहरु उपचार गराउन आउने र उनिहरुकाे रक्त परिक्षणगर्दे अधिकान्स बिरामीहरुमा रक्तअल्पताकाे कमि भएको फेलापरेकाे डाक्टर हरुले बताए। यसरी महिला हरु भन्दा पुरुषहरुकाे शरिरमा रगतकाे मात्रा कमि भएको देखिन थालेपछि डाक्टर हरु समेत अचम्मित भएका छन । डाक्टरहरुका अनुसार दैनिकी धेरै जसाेकाे शरिरमा वल्डकाे कमिहुने समस्या दिनप्रतिदिन वडिरहेकाे र महिलाहरुमा बडि मात्रामा रक्तअल्पता देखा पर्ने भएता पनि पुरुषहरुकाे संख्या वडि रहेको र ३० बर्षदेखी ७० बर्ष सम्मका पुरुष हरुमा रक्तअल्पता बडदै गइरहेको छ ।
महिलाहरुकाे प्रत्येक महिनामा महिनाबारी हुने भएकोले उनिहरुमा रक्तअल्पताकाे संख्या बडि देखा पर्ने स्वाभिक रहेको भएतापनि महिलाहरुकाे तुलनामा पुरुषमा यस्तो समस्य बडदै गएकाे रंगेली अस्पतालका मेडिकल अधिकृत डाक्टर सद्घाम हुसेनले बताए । शरीर स्वास्थ भएको ब्यक्तिहरुकाे शरिरमा समेत व्लडकाे कमिहुने गरेको र रगत कमि भएका व्यक्ति हरुले खानपिनमा हरियाे सग सव्जी, फलफुल , फर्सी र फर्गेसिडागुडी तथा पाेषिलाे खानेकुरामा आईरनकाे मात्रा बडि प्राप्त खानेकुरामा बडि ध्यान दिनुपर्ने रंगेली अस्पतालका ल्याव टेक्निसन सन्जय अधिकारीले बताए । अहिले अस्पतालमा व्लडकाे धेरै कमि भईरेकाे भएता पनि आफुहरु धेरै युवाहरुलाई आग्रह गरेर व्लडकाे कमि हुन नदिएता पनि बिरामीका आफन्त हरुलाई व्लडकाे सस्टा गरिन धेरै आग्रह गर्छाे तर उनिहरुले आफ्नो वभिन्न वाहान बनाएर व्लडनै नदिने गरेकाे हुनाले आफुहरुलाई धेरै समस्या पर्ने गरेको व्लड बैकका ईन्चार्ज सुर्य कुमार मंण्डलले बताए ।