मंसिर ४ मंगलबार
रबिन्द्र बराल
चाडपर्व सकिएसँगै सिमावर्ति क्षेत्रमा रहेको रंगेली ,सुनवर्सि,रतुवामाई,धनपालथान,सुनवर्सि लगायतका पूर्वी भेगका किसान धान काट्न र भित्र्याउने व्यस्त हुन थालेका छन् ।
यो वर्ष समयमा वर्षा भएकाले उत्पादन राम्रो हुनुका साथै भित्र्याउने बेला पनि मौसमले साथ दिएपछि किसान उत्साहित छन् । रंगेली ७ का उगनलाल मंण्डलका अनुसार यसबर्ष मौसमले साथ दिएकाले धान बाली भित्र्याउन सहज भएको र धान काटिसकेर गहुँ र मकै लगाउन हतार भएको हुनाले अहिले जनमजदुरी लगाएर धान बाली भित्र्याउन सुरुगरेकाे उनलेे बताए । गाउँघरका अधिकांश युवा वैदेशिक रोजगारमा गएकाले धान काट्ने मजदुरको समेत भएको उनलेे बताए ।
के गर्नु मेसिनकाे प्रयोग गरेर धानकाटदा दुई तिनभित्र बिक्री गरिहाल्नु पर्छ नभए सबै धान बिग्रिने समस्या हुन्छ तर मजदुर लगाईर काटेमा धना राम्रो सुख्ने भएकोले आफुले मजदुर बाटै धानवाली भित्रियाउदै आइरहेको मंण्डलले बताए । उनका अनुसार खेतीपाती गर्न मेहनत आवश्यक पर्ने भन्दै सरोकार भएका निकायले किसानलाई आवश्यक अनुदान तथा प्राविधिक सहयोग गर्नुपर्नेमा जोड दिएका छन । किसानले खेतको धान भित्र्याएपछि तोरी, आलु, तरकारी, मकै र गहुँ लगाउने गर्दछन् । धान वर्षभरिको खर्च जुटाउने मुख्य बाली भएका उनलेे बताए । अहिले खेतै भरि कतै अत्याधुनिक मेसिनकाे माध्यम बाट धान काटदै गरेको दृश्य देखिन्छत कतै मजदुर हरुले धान काट्दै गरेको दृश्य देखिन थालेको छ । मेसिन बाट धानकाटदा १ धण्टाकाे ६ हजार रुपैयाँ लिने गरेको र १ धण्टामा १ बिधा सम्म धान काट्ने गरेकाे कृषकहरुले बताए । मजदुरले धनाकाट्दा १ कठ्ठामा ४ केजि धानदिने गरेको मजदुरहरुले बताए ।