रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथ आयुर्वेदिक स्वास्थ्य केन्द्र स्थापना भएको थियोे ।
नागरिककाे शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ एवं सबल बनाउन उक्त कार्यक्रम सन्चालन गर्दे आईरहेकाे छ । हरेक तहमा नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग तथा जडिबुटीको माध्यमबाट शारीरलाई स्वास्थ्य बनाउन र नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान समेत गर्दे आईरहेकाे छ । नागरिकलाई स्वस्थ बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने यस्तो कार्यक्रम सन्चालन गरिरहेकाे छ । २०७७ सालमा स्थापना भएको आयुर्वेदिक स्वास्थ्य केन्द्रले बिगत ४ बर्ष देखि आयुर्वेदिक स्वास्थ्य चेक जाँच गर्दे बिगतका दिन हरुभन्दा अहिले दिनप्रतिदिन बिरामीहरुकाे संख्या बडदै गईरहेकाे छ ।
आधारभुत स्वास्थ्य केन्द्रमा ग्याष्टिक,घुडा दुखाई, रुघाखोकी लगायत अन्य राेगकाे समेत उपचार भईरहेकाे महेश कुमार प्रमाणि बैधले बताए । अनुसार बिगतका दिनहरुमा भन्दा अहिले बिरामी हरुकाे संख्या बडदै समेत गईरहेकाे र नगरपालिका र,वडा कार्यलयले सहयोग गर्दे आईरहेता पनि सेवा सुविधा अझै बडाएमा आफुहरुलाई कामगर्ने सहज हुने बैधले बताए । प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश नं. १ स्वास्थ्य निर्देशनालय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र द्वारा नागरिक आरोग्य सेवा केन्द्रबाट उपचार सेवा हुदै आईरहेकाे छ । नेपाल सरकारले नीति तथा कार्यक्रममा “स्वस्थ नागरिक, स्वन्ध समाज र स्वस्थ जीवन” भन्ने अवधारणालाई कार्यान्वयनमा ल्याउन टोल-टोलमा नागरिक आरोग्य कार्यक्रम संचालन गरिरहेकाे छ ।
उजित नारायण महताेका अनुसार आफुलाई बिगत ८ बर्षदेखि डाईभिटिज राेग लागेकाे र बिगत ४बर्ष देखि यहिकाे दवाई सेवन गरेकाे र अहिले आफ्नो स्वास्थ्य राम्रो रहेकाे समेत उनलेे बताए । अहिले दैनिकी ३ देखि ५ जनाकाे थारापि पद्धति बाट उपचार समेत हुदै आईरहेकाे र अन्य बिरामी हरुलाई समेत चेकजाँच गरेर निशुल्क ओैषधि समेत बितरण गर्दे आईरहेकाे बैधले बताए । रंगेली ७ कि सुर्जि देवि मंण्डलका अनुसार आफुलाई बर्षाेदेखि धुडा दुख्ने समस्या रहेको र यहाँ उपचार गराउन आउदा आफ्नो पुरानाे समस्या निकाे भएको उनलेे बताईन ।