मेनु

कानेपोखरी गाउँपालिकामा  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै ।थारू पाेर्टल

कानेपोखरी गाउँपालिकामा  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै ।थारू पाेर्टल

 फागुन। ११।कानेपोखरी ।

विद्यानन्द चाैधरी

कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिका स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ आयोजना गर्ने भएको छ। गाउँपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै प्रतियोगिता फागुन २४ गते देखि ३० गते सम्म सञ्चालन हुने जनाएको छ।

प्रतियोगितामा गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरू सहभागी हुनेछन्। छात्र–छात्रातर्फ विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइनेछ। सूचनाअनुसार भलिबल, फुटबल, एथलेटिक्स (१००, २००, ४००, ८०० र १५०० मिटर दौड तथा १०० मिटर हर्डल्स), मार्सल आर्ट्स (आईटीएफ/डब्लुटिएफ) तथा कबड्डी खेल समावेश गरिएको छ।

गाउँपालिकाले सबै माध्यमिक विद्यालयहरूलाई समयमै टिम दर्ता गराई आवश्यक तयारीका साथ प्रतियोगितामा सहभागी गराउन आग्रह गरेको छ। प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक भावना विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्षद्वारा हस्ताक्षरित सूचनामा सफल र व्यवस्थित रूपमा प्रतियोगिता सम्पन्न गर्न सबै सरोकारवाला निकायसँग समन्वय र सहयोगको अपेक्षा गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।