Home » समाचार
साउन ३ । कानेपोखरी मोरङको कानेपोखरीमा रहेकाे सावायहोङ किराँत महिम मन्दिरबाट बहुमूल्य सामान तथा बुट्टादार भाँडाकुँडाहरू चोरी गरेको आरोपमा तीन जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले साउन १ गते राति करिब २३:०० बजेको समयमा कानेपोखरी गाउँपालिका वडा नं. ५ स्थित कानेपोखरी चोकमा चेकिङ गर्ने क्रममा शंकास्पद अवस्थामा भेटिएका […]
श्रावण, २ । शनिबार मोरङको रंगेलीमा १० महिनाकी छोरी बोकेको ‘क्यारी ब्याग’मा ३ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) लुकाएर नेपाल भित्र्याउने प्रयास गरेको आरोपमा एक महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कानेपोखरी–७ की २२ वर्षीया सुष्मिता लिम्बू, रंगेली–६ का २३ वर्षीय ताराचन्द मण्डल र रंगेली–७ का १८ वर्षीय आयुष साह रहेकाे रंगेली […]
२ साउन, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा ‘तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६’ आयोजना हुने भएको छ। संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक’ घोषणा गरी विश्वभर अभियान सञ्चालन गरिरहेको सन्दर्भमा विश्व आदिवासी दिवस तथा […]
कानेपोखरी, असार ३० गते । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ स्थित केरौन चोकमा एक स्थानीय युवकमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ। कानेपोखरी–२ सिद्धार्थटोलमा बसोबास गर्दै आएका होम बहादुर पौडेलका ३२ वर्षीय छोरा कमल बहादुर पौडेलमाथि स्थानीय केही व्यक्तिहरूको समूहले मरणासन्न हुने गरी कुटपिट गरेको हो। घटना भएको लामो समय बितिसक्दा पनि इलाका प्रहरी […]
असार २९ साेमबार रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका ९ स्थित दोहमना इलाका प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरीका कर्मचारीहरू पर्याप्त आवास र कार्यालय भवनको अभावमा तीनवटा सटरभित्रको साँघुरो कोठामा बस्न बाध्य रहेका छन । करीब ३४ वर्षदेखि दोहमना क्षेत्रका बासिन्दाको जिउधनको सुरक्षा गर्दै आएको उक्त प्रहरी कार्यालयको पुरानो भवन जीर्ण बनेपछि नयाँ भवन निर्माणको काम सुरु […]
कानेपोखरी, २८ असार । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित करमटोलबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुईजना युवालाई पक्राउ गरेको छ। शनिबार राती करिब ११ बजे इलाका प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय संजय ऋषिदेव र २४ वर्षीय रमेश सुबेदीलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद […]
असार २८ रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका स्थानीय तहमा आएको ९ बर्ष बितिसक्दा समेत रंगेली खानेपानी संस्थानमा नयाँ नेतृत्व चयन गर्ने सकेको छैेन । २०४९ सालमा स्थापना भएतापनि साेही समयमा तिर्थराज ढकाल अध्यक्ष सहित २० सदस्य समिति सर्वसम्मत बाट खानेपानी सदस्य भएका थिए । उक्त समितिले १९ बर्ष खानेपानी संस्थानमा रहेर काम गरेका थिए । […]
असार २५ बिहीबार रबिन्द्र बराल मोरङको रङ्गेली नगरपालिका–७ काे मुख्य बजारमा २०६४ सालमा पहिलो पटक रंगेलीमा निजी बैककाे रुपमा स्थापना लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा समाजसेवी मनोज अग्रवालले भने रङ्गेलीमा प्रारम्भिक चरणमै सेवा विस्तार गरेको लुम्बिनी विकास बैंकले लामो समयदेखि नागरिकको विश्वास जित्दै सहज, भरपर्दो र गुणस्तरीय बैंकिङ सेवा प्रदान […]
असार। २४ बुधबार रंगेली नगरपालिकाले महिलाहरुका लागि सीपमूलक तालिममा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई कटिङ्गकाे तालिम महिलाहरूका लागि उद्यमशीलता सम्बन्धी ३५० घण्टे पहिलो चरणकाे आधारभूत सिलाई–कटाई तालिम सम्पन्न गरेको छ। रंगेली नगरपालिकाको आर्थिक सहयोग तथा मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, सुन्दरहरैंरहेकचाको आयोजनामा भएको उक्त तालिममा २० जना महिलाको सहभागिता रहेको थियो। समापन कार्यक्रममा वडा […]
समाचारदाता, असार -२४ गते पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालयहरूमा कार्यरत उत्कृष्ट प्रधानाध्यापक, शिक्षक तथा प्रारम्भिक बाल विकास सहजकर्तालाई सम्मान गरिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रधानाध्यापकतर्फ आदर्श सिता आधारभूत विद्यालयकी प्रधानाध्यापक रिता कुमारी धिमाल, उत्कृष्ट आधारभूत तह शिक्षकतर्फ सोही विद्यालयकी शिक्षिका राजमाया राई, उत्कृष्ट माध्यमिक तह शिक्षकतर्फ […]