फागुन।१२।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्रकै सम्भावनाअनुसार उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। मंगलबार इटहरी मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पूर्वी पहाडमा उत्पादन भएको तरकारी तराईसम्म नपुग्नु दुःखद भएको उल्लेख गरे।
उनले तेह्रथुम र पाँचथर मा उत्पादित तरकारी स्थानीय बजारमै खपत हुनुपर्ने बताए। पूर्वी तराईका जिल्लामा पूर्ण क्षमतामा धान उत्पादन गरे देशभरि खाद्यान्न पुर्याउन सकिने उनको भनाइ थियो।
बराहक्षेत्र लाई विश्वभर प्रचार गरी पर्यटक भित्र्याउन सकिने उल्लेख गर्दै उनले धरान मा देखिएको पानी समस्या सप्तकोशी बाट लिफ्टिङ प्रणालीमार्फत समाधान गर्न सकिने दाबी गरे।
सिंचाइ, तटबन्धन, उद्योग सञ्चालन र खेल पूर्वाधार विकासमा रास्वपा अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्दै बालेनले देश जोगाउने जिम्मेवारी आफ्नो पार्टीले लिने बताए।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।