मेनु

मोरङ–२ मा दिलीप बडियाको प्रतिबद्धता : पूर्वाधारदेखि रोजगारीसम्म प्राथमिकता ।थारू पाेर्टल

मोरङ–२ मा दिलीप बडियाको प्रतिबद्धता : पूर्वाधारदेखि रोजगारीसम्म प्राथमिकता ।थारू पाेर्टल

कानेपाेखरी।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिलीप बडिया ले विकास, सुशासन र जनसेवालाई मुख्य एजेन्डा बनाउँदै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवारी दिएका बडियाले क्षेत्रको समग्र विकासका लागि निरन्तर सक्रिय रहने बताएका हुन्।

उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग तथा रोजगारी सृजनालाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पारे। विगतमा सुरु भएका अधुरा योजनाहरूलाई सम्पन्न गर्दै नयाँ योजनाहरू अघि बढाइने उनको भनाइ छ। सडक, पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिने उनले प्रतिबद्धता जनाएका छन्।

बडियाले युवाहरूलाई स्वरोजगार र उद्यमशीलतातर्फ प्रोत्साहित गर्ने, कृषिलाई आधुनिक र व्यावसायिक बनाउने तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्ने योजना रहेको बताए। साथै महिला, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका समस्यालाई विशेष प्राथमिकताका साथ सम्बोधन गरिने उल्लेख गरे।

संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्दै क्षेत्रको दीगो विकासमा योगदान पुर्‍याउने उनको दाबी छ। “जनताको विश्वासलाई सम्मान गर्दै इमान्दार र पारदर्शी ढंगले सेवा गर्नेछु,” उनले प्रतिबद्धता पत्रमार्फत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।