'कानेपोखरीमा मानवता देखाउँदै प्रकाश धिमाल, विपन्न साने बराईलीलाई राहत सहयोग ।थारू पाेर्टल'

March 13, 2026

विज्ञापन
No data was found

फागुन।२९। कानेपोखरी।


कानेपोखरी–५ मकरटोल निवासी साने बराईलीको दयनीय अवस्था देखेपछि चेतना मेडिसिन सेन्टरका संचालक प्रकाश धिमालले राहत सामग्री वितरण गरेका छन्। आर्थिक अभावका कारण कष्टकर जीवन बिताइरहेका बराईलीलाई धिमालले खाद्यान्न तथा आवश्यक सामग्रीका साथै सुत्ने खाट समेत सहयोग गरेका हुन्।

समाजमा रहेका विपन्न तथा असहाय व्यक्तिहरूलाई सकेसम्म सहयोग गर्ने उद्देश्यले आफूले यस्तो कार्य गर्दै आएको धिमालले बताए। उनले कानेपोखरी क्षेत्रमा अत्यन्तै विपन्न अवस्था वा समस्यामा परेका व्यक्ति भए आफू सेवा र सहयोग गर्न सधैं तयार रहेको पनि बताएका छन्।

धिमालको यस मानवीय सहयोगप्रति स्थानीयवासीले प्रशंसा गरेका छन्। समाजमा रहेका सक्षम व्यक्तिहरूले पनि यस्ता सामाजिक कार्यमा अग्रसर हुनुपर्ने स्थानीयको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.