मेनु

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए।थारू पाेर्टल

चैत्र ,३ ।मङ्गलबार 

रबिन्द्र बराल

मोरङको रङ्गेलीमा रहेको इलाका प्रशासन कार्यालयमा दुई जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार आफूहरूले घुम्ती शिविरबाट सेवाग्राहीहरुलाई सेवा दिँदै आएको उनले बताएका छन्।   जिल्ला प्रशासन कार्यालयले  उर्लाबारी इलाका प्रशासन कार्यालय र  इलाका प्रशासन कार्यालय रङ्गेलीमा घुम्ती शिविर मार्फत नागरिकता वितरण गरिँदै लैजाने उनले बताएका छन्।

जनताले विराटनगर गएर  दुःख नपाउने गरि भनेर आफूहरुले नै घुम्ती शिविर मार्फत नागरिकता वितरण गर्ने यस्तो घुम्ती शिविर सञ्चालन गरेको  कट्टेलले बताए। इलाका प्रशासन कार्यालय रङ्गेलीबाट आज रङ्गेली नगरपालिका ६ का कपिल कर्मकार र विदुर कर्मकारकाे बुबाको मृत्यु भएको र आमाको नागरिकता भएको लाई आमा फुलो देवी मिस्त्रीको नामबाट अङ्कृित नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।

क्त नागरिकता जिल्ला प्रशासन मोरङका सहायक जिल्ला अधिकृत  पवन राज काेईराला, र  इलाका प्रशासन कार्यालय रङ्गेलीका प्रमुख  प्रमुख राेशन अधिकारी  द्वारा नागरिकता हस्तान्तरण गरिएको थियो। नागरिकता वितरणका लागि कार्यालयका निर्मल खतिवडा, दाताराम श्रेष्ठ , ऋषि पोखरेल , चन्द्रप्रकाश कर्ण  लगायतकाे सक्रियतामा पहिलोपटक नारिकता दिन सफल भएका छन ।

अन्य २१ जनाकाे प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति भइसकेको र उनीहरूलाई पनि ४ गते बुधबार  नागरिकता वितरण गरिने रङ्गेलीका प्रमुख रोशन अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।