'कानेपोखरी–५ मा दिउसै चोरी: सुन, नगद र सामान लुटियो ।थारू पाेर्टल'

March 18, 2026

विज्ञापन
No data was found

कानेपोखरी–५ शकर नेपाल काे घरमा १ वजे चोरी भएको घटना सार्वजनिक भएको छ।

करिब १ बजेतिर मोटरसाइकलमा आएका आशंकित युवाहरूले ताला फुटाएर पसलमा तथा घरमा चोरी गरेको नेपाल  तथा स्थानीयले बताएका छन्।

चोरीमा करिब २ तोला सुन, ४ तोला चाँदी, नगद २० हजार रुपैयाँ तथा पसलमा रहेका अन्य केही सामानहरू  गरी लगभग ८लाख रूपैया बराबरकाे चाेरी भएकाे जनाइएको छ।निर्मल फुयलकाे घरमा रहेकाे

सिसि टिवि फुटेज अनुसार २जना युवा रहेकाे १जना घर भित्र गयाे भने अर्का बाटाैमै वसेकाे देखिन्छ ।

रमाइलाे प्रहरी प्रमुख निलमणी पाेख्रेलका अनुसार हाल उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तीव्र पारिएको छ। प्रहरीको भनाइमा पछिल्लो समय कानेपोखरी क्षेत्रमा युवा समूहद्वारा चोरीका घटना बढ्दै गइरहेका छन्।प्रहरीले कानेपोखरीवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै घर छोड्दा ढोका राम्रोसँग लगाएर मात्र जान अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.