मेनु

६ परिवार आर्सेनिक पानी पिउन बाध्य । थारू पाेर्टल

चैत्र १५।

रबिन्द्र बराल 

मोरङको रङ्गेली नगरपालिका ७ शुक्रबारे स्थित जर्बी टोल जाने सडककाे २ सय मिटर सडक छेउमा रहेको ६ घर परिवारका सदस्हरुले खानेपानी संस्था तथा स्थानीय जनप्रतिनिधिहरुलाई समेत बारम्बार जानकारी तथा निवेदन मार्फत आग्रह गरेता पनि लामो समय बितिसक्दा समेत धारा जडान हुन सकेको छैन।

२०५५ सालमा स्थापना भएको रङ्गेली खानेपानी तथा उपभोक्ता समितिले मुख्य बजार क्षेत्रका अधिकान्स ठाउँमा सबै तिर पाइपलाइनको विस्तार गरेर उपभोक्ताहरुलाई धारा जडान गरेता पनि सो टोलका ६ घरपरिवारलाई अहिलेसम्म पनि खानेपानीकाे घारा जडान हुन सकेको छैन । विगत ३०-३५ वर्षदेखि बसोबास गर्दै आएका उक्त घरपरिवारहरूलाई रङ्गेली नगरपालिका र खानेपानी उपभोक्ता समितिले कुनै पनि वेवस्था गरेपछि ६ घर घुरिका परिवारहरु टुवेल( कल) काे आर्सनिक भएको र आफ्नाे विद्यालयको सेतो ड्रेस समेत टुवेलकाे पानीमा धुदा पहेलो हुने र बिधालय लगाएर जाँदा समेत आफुलाई समस्या हुने गरेको पुजा कुमारी मंण्डलले  बताएकि छन ।

रङ्गेली खानेपानी संस्थाका कार्यालय प्रमुख शिवराज दाहालका अनुसार सो क्षेत्रका लागि आफूहरूसँग पाइप नभएको हुनाले सो घरपरिवारलाई धारा जडान गर्न नसकेको बताएका छन्। तर सोही गाउँको नजिकैमा रहेको एक परिवारलाई पनि रंगली नगरपालिकाले आफ्नो पाइपलाइन विस्तार गरेर धारा जडान गरेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।