चैत्र ,२९ ।आईतवार
रविन्द्र बराल

मोरङको सुनबर्सी नगरपालिका ६ स्थित पथरी डाइनिया तथा सिक्टि जोड्ने सडक अन्तर्गत खिखिडागी चाेक हुुदै २ किलोमिटर सडककाे काम नितिका एण्ड राज कन्ट्रक्सनले संधिय सरकारकाे २ करोडौंको लागतमा निर्माण कार्य सम्पन्न गरेता पनि सडककाे गुणस्तरहिन रहेको स्थानीयले बताएका छन।

सातदिन अगाडि देखि स्थानीयहरुले उक्त सडककाे काममा लापरबाही गरेको बिषयमा बारम्बार आवाज उठाएता पनि कुनै पक्षले उक्त सडककाे बिषयमा कुनै सुनुवाइ नगरेकाे स्थानीय गिता देवी सहनी ले बताईन । साे सडकमा ठेकेदार आफू स्वयं उपस्थित भएर स्थानीयहरुलाई हप्काएर आफूखुसी सडककाे नापजाँचक गरेकाे र स्थानीयले हरुले बिराेध गर्दाे अटेर गरेर नापजाँच गरेर गएका थिए । उक्त सडककाे केही भागमा पानी जम्ने र अहिले नै स साना गिट्टी हरुसमेत निस्कन थालेकाे छ ।


नगर प्रमुख ,उप प्रमुख वडा अध्यक्षले समेत अब यस्तै हुन्छ भन्दै पन्छिन खाेजेकाे र नापजाँचमा आउदा समेत कुनै साचाे नलिएकाे स्थानीय मनाेज कुमार साहले बताए । सडक बिभागका ईन्जिनियर संजिव लाल दासका अनुसार साे सडकाे बिषयमा आफुहरुले अनुगमन गरेकाे र केही ठाउँमा सडककाे मापदण्डअनुसार काम नभएको समेत स्युकरा समेत गरेका छन । उनलेे भने जब सम्म राम्रोकाम हुदैन तब सम्म ठेक्केदारकाे बिल पास नगरिने समेत उनलेे बताएका छन ।
बारम्बार जनताहरुले आवाज उढिरहदा समेत प्रदेश सरकार र केन्द्र सरकार भने माैन बस्नु र नयाँ नेतृत्वमा रहेर नयाँकामकाे थालनि गरेतापनी अहिलेसम्म कुनै पक्षकाे ध्यानाकर्षण नहुनु कतिकाे लज्जास्पद कुरा हाे । सम्धित निकायकाे समयमै ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।