चैत्र, २९।
रबिन्द्र बराल

मोरङको विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि प्रहरी प्रशासन र व्यवसाय सङ्घ बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समयमा माेरङमा अहिले महामारीको रूपमा देखापरेको बर्डफ्लु नियन्त्रणका लागि सरकारका सुरक्षा निकाय, प्रशासनिक प्रमुख तथा सञ्चारकर्मी बीच व्यवसायीहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भएकाे छ ।

छलफलका क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्रिने गरेको कुखुरा साे रोगको मुख्य कारण भएको सहभागीहरूले निष्कर्ष निकालेका थिए। भारतबाट आउने अबैध कुखुराहरूको नियन्त्रणका लागि प्रशासन र सुरक्षा निकायले कडाइका साथ निगरानी बढाउने र आवश्यक कदम चाल्ने निर्णय समेत गरिएको छ।

जनचेतना फैलाउने र व्यवसायीहरूले सुरक्षित तथा प्रमाणित स्रोतबाट मात्र कुखुरा खरिद–बिक्री गर्नुपर्ने कुरामा सहभागी हरुलेे जोड दिइएको छ। सामाजिक कार्यका लागि सबै पक्षको सहकार्य बिना महामारी नियन्त्रण सम्भव नहुने निष्कर्षसहित कार्यक्रम सहभागीहरूले उक्त कुरा जानकारी गराएका थिए। व्यवसायिक तर्फबाट उनीहरूले भने सम्पूर्ण व्यवसायीहरुलाई भारतबाट अवैद्ध रुपमा कुखुरा व्यवसाय नगर्न हुन समेत अनुराेध गर्दे सचेत नागरिकको दायित्व पूरा गर्नुु सबैैकाे दाईत्व समेत रहेको सहभागी हरुले बताए । सरकारका सुरक्षा निकाय, प्रशासनिक प्रमुख तथा सञ्चारकर्मी बीच व्यवसायी हरूबीच महत्वपूर्ण छलफल,मासु व्यावसायिक संघ मोरङ उप सचिव फडिन्द्र राज बराल ले बताए ।