बैशाख।१
रबिन्द्र बराल

राजवंशी समाज विकास समिति ले नयाँ बर्षकाे उपल्क्षमा रंगेली नगरपालिका ८ स्थित दर्वेशा चाेकमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रमकाे आयोजना गरेको छ ।
२०८२ साल लाई बिदाइ गर्दे नयाँ बर्ष २०८३ साल लाई स्वागत गर्दे राजवंशी समुदायहरुले विशेष दिनकाे रुपमा सिरुवा पर्व मनाउँदै आईरहेकाे छ । कार्यक्रममा राजवंशी समुदायले आफ्नो पहिचान गर्ने उदेश्यले हरेक बर्ष सिरुवा पर्वकाे उपल्क्षयमा बिबिध कार्यक्रमकाे समेत आयोजना गर्दे आईरहेकाे छ । चैत्र ३० गते विभिन्न प्रकारका मिष्ठान पकुवान हरु पकाएर साेहि दिन खाने र उक्त परिकार पुनः बैशाख १ गते खाने चालन समेत रहेको छ। त्यसैगरी बैशखा १ गते काद सिरुवा, २ गते सिरुवा र ३ गतेदेखि माेरङकाे सिमाक्षेत्रमा रहेकाे विभिन्न थान हरुमा विशेष पुजा पाठ गर्नुका साथै मेला समेत लाग्ने गरेको छ ।

कार्यक्रमकाे प्रमुख अतिथि राजवंशी समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल ताजपुरिया राजवंशी समाज बिकासका केन्द्रीय उपाध्यक्ष बद्री नारायण राजवंशी , साेबिता राजवंशी , स्थानीय समाजसेवी बुद्धिजीवी लगायतको समेत उपस्थिति रहेको थियो। कार्यक्रम सहभागीहरु लाई राजवंशी गितमा नृत्य समेत देखाएर मनाेरज्न समेत गराएका थिए । अथिती हरुले राजवंशी समुदायकाे पर्व लाेप हुदै गएकाे र नयाँ युवा पुस्ताले सिरुवा पर्वकाे महत्व नबुझेर लाेप हुने अवस्थामा रहेको बक्ताहरुले बताए । राजवंशी समुदायका युवा,युवती हरुले तराईमा लाग्ने मेलामा केटा र केटी हरु ले बिवहाका लागि हेर्ने र मन पराएमा केटी पक्षकाे घरमा गएर बिवाहा काे कुरा समेत अगाडि बडाउने चलन समेत रहेको छ ।