बैशाख ,६। आईतवार
रबिन्द्र बराल

मोरङको रतुवाई नगरपालिका ५ स्थित रतीलाल टोल नजिकैमा रहेको बक्राह खाेलामा अबैध रुपमा खाेला उत्खनन हुदा खेतीयोग्य जमिन जाेखिमा पर्ने सम्भावना बडदै गईरहेकाे छ । पहिलो स्थानीय तहका जनप्रतिनिधि हरुले खाेला उत्खनन गर्दे प्रक्रिया पुर्याएर खाेलाकाे ठेक्का लगाउदै आएता पनि अहिलेका नगर प्रमुख ,कार्यकारी अधिकृत, बडा अध्यक्ष तथा नगर प्रहरी प्रमुखको निर्देशनमा कानुन विपरित खाेला उत्खनकाे लागि ठेक्का नलगाइ नगर र वडाकाे सिफारिसकाे आधारमा ठेेक्केदार लाई मनपरि ढंगबाट खाेला उत्खननका लागि सिफारिस दिने गरेको स्थानीय रमेश बस्नेतले बताए ।
खाेला ठेक्का लगाउदा नगरकाे बाट एक पल्टकाे लागि ठेक्केदार लाई २५ ट्याक्टर सम्म बालुवा लैजानका लागि अनुमति दिएता पनि ठेक्केदार हरुलेे ५० देखि १ सय ट्याक्टर सम्म बालुवा लैजाने गरेको र राजस्व समेत कम मात्रै उठेने गरेको स्थानीय हरुले बताएका छन । खाेलामा उत्खनन राेक्नका लागि गत माघ महिनामा स्थानीय हरुले सामुहिक रुपमा नगरपालिका लाई ज्ञापनपत्र बुझाउदा समेत नगरपालिका बाट आस्वसन मात्रै पाएकाे तर कार्यनयन भने नगरका प्रतिनिधि हरुले नगरेको बताउदै आएका छन ।


उक्त खाेलामा जेसिविकाे प्रयोग गरेर खाेलाकाे किनारमा रहेका ससाना सिसाैकाे रुखहरु कटान गरेर ठेक्केदारहरुले आफुखुशी खाेला उत्खनन गर्ने गरेको र आफुहरुले अब उपरान्त खाेलामा जेसिविकाे प्रयोग नगर्नेे जानकारी गराएता पनि ठेक्केदारहरुले अन्य बाटाे भएर पुनः खाेला उत्खनन गरिरहेकाे स्थानीय सन्जय क्रान्तिकारीले बताए । रतुवामाईकाे रहेक ठाउँमा खाेलामा उत्खनन गर्ने स्थान रहेता पनि अन्य स्थानका स्थानीय हरु सक्रिय रुपमा खाेला उत्खनन गर्नेका लागि निगरानीका साथ लाग्न थालेकाे र यस क्षेत्रकाे स्थानीय साेझाे भएको र केही नवाेल्ने भएको कारणले गर्दे ठेक्केदारहरुकाे समेत मनाेवल बडेकाे हुनाले बडि मात्रामा खाेला उत्खनन हुने गरेको स्थानीय हरुले बताएका छन


। वडाबाट दिएको सिफारिसमा ट्याक्टर नम्बरहरू समेत उल्लेख गरिएको हुन्छ तर उक्त बालु उत्खननका लागि अवैद्य रुपमा ट्याक्टर नम्बर समेत नभएका ट्याक्टरले बालुवा उत्खनन गर्दै गरेको समेत स्थानीयले बताएका छन् । नगरपालिका कार्यकारी अधिकृत डम्बरु बल्वल बरालका अनुसार आफुहरुले अहिले कुनै पनि खोला ठेक्का नलगाएको तर स्थानीयहरूलाई आवश्यकता परे वडाको सिफारिसमा खोलाबाट बालु उत्खनन गर्दै गरेको समेत स्वीकार गरेका छन् । मापदण्डभन्दा विपरीत खोला उत्खनन गरेको भए खोलाको अनुगमन गरेर ट्याक्टर धनी तथा उक्त माटो लैजानेलाई कडा कारबाही गर्ने समेत बताएका छन्। उक्त खोलामा प्रवेश गर्नका लागि वडा अध्यक्षले तटबन्धन कटान गर्नका लागि जेसीबी प्रयोग गरेर सो खोलामा ट्याक्टर तथा टिप्परहरु समेत आवतजावतका लागि सहज बनाएर बालु उत्खनन गर्न लगाएको स्थानीय टंक चौलागई बताए । वडा अध्यक्ष सोम कार्कीका अनुसार उक्त तटबन्ध विगतका वर्षहरुमा समेत तटबन्धन काटेर बालु उत्खनन गर्ने र जेष्ठ महिनामा उक्त ठाउँ बन्द गर्ने गरेको समेत उनलेे बताए ।