बैशाख ,१८,शुक्रबार

माेरङकाे रंगेली देखि कानेपाेखरी सडक विगत १५ वर्ष अगाडि नेपाल सरकारले उक्त सडक खण्डको दायाँ बायाँमा पर्ने सो क्षेत्रको जग्गाकाे मुआब्जा वितरण गरेता पनि जग्गा भने हाल सम्मपनि अतिक्रमण भईरहेकाे छ । सडक निर्माण कार्यको लागि १०० फिट सडक बनाउने याेजना अनुरुप नेपाल सरकारले मुआब्जा दिइसकेको भए तापनि हालसम्म उक्त सडकको दायाँबायाँ भने जग्गा धनीले अतिक्रमण गरेर विभिन्न घरटहरा तथा बाउन्ड्री वाल लगाएर घेरिएको अवस्थामा रहेको छ।

सीमा क्षेत्र चोप्राह बोर्डरदेखि बक्राह पुलसम्मको क्षेत्रमा अहिले जम्मा ६० फिट मात्रै सडक निर्माण कार्य भएको छ । बाँकी दुवै तर्फबाट २० , २० फिट नेपाल सरकारकाे जग्गा अतिक्रमण गरिरहेका छन्।

नेपाल सरकारले देशैभरि सर्कुलर गरेर आफ्नो सार्वजनिक सम्पत्ति संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय, नगरपालिका, तथा गाउँपालिका, हरूलाई परिपत्र गर्दै निर्देशन समेत दिँदै आइरहेको छ। रङ्गेलीकाे बक्रा पुलदेखि दर्वेशा हुँदै कानेपोखरी सम्मको सडक भने ५० फिट मात्रै कालाेपत्रे रहेको बाँकी २५, २५ फिट जग्गा अहिले पनि सम्धित जग्गा धनिले अतिक्रमण गरेर उपयोग गर्दै आइरहेका छन्। २०६७ सालमा नेपाल सरकारले सडक निर्माण कार्यका लागि सो क्षेत्रका स्थानीयहरूलाई मुआब्जा समेत वितरण गरिसकेको थियो। रंगेली देखि कानेपाेखरी सम्म २४.४ किलोमिटर सडक अहिले पनि अतिक्रमण भएको छ ।