'पत्रकारमाथि ज्यानै जाने गरी आक्रमण, अनुसन्धानमा ढिलासुस्तीप्रति चर्को आक्रोश ।थारू पाेर्टल'

May 3, 2026

विज्ञापन
No data was found

बैशाख,२०।

जन्तीबाट घर फर्किने क्रममा क्राइम अपरेशन साप्ताहिकका पत्रकार तथा जहदा खबरका संस्थापक विष्णु प्रसाद राजवंशीमाथि भएको ज्यानै जाने गरी कुटपिट र लुटपाटको घटनाप्रति व्यापक आक्रोश व्यक्त गरिएको छ। घटनामा प्रहरीको सुस्त अनुसन्धान र प्रभावकारी कदमको अभावप्रति पीडित पक्ष तथा स्थानीयवासीले कडा असन्तुष्टि जनाएका छन्।

प्राप्त जानकारी अनुसार, राति करिब १ बजेतिर अज्ञात समूहले राजवंशीमाथि योजनाबद्ध रूपमा आक्रमण गर्दै निर्घात कुटपिट गरेको थियो। आक्रमणकारीहरूले उनको मोबाइलसमेत लुटेर फरार भएको उजुरीमा उल्लेख गरिएको छ। घटनापछि गम्भीर घाइते भएका राजवंशीको उपचार भइरहेको छ।

उजुरी दर्ता भइसकेपछि पनि दोषीको पहिचान र पक्राउमा उल्लेखनीय प्रगति नदेखिएको भन्दै पीडित पक्षले प्रहरीमाथि निष्क्रियता र गैरजिम्मेवारीपनको आरोप लगाएका छन्। साथै, पीडितको सुरक्षाका लागि आवश्यक व्यवस्था नदेखिएको र घटनामा संलग्न व्यक्तिहरू उन्मुक्ति पाउने संकेत देखिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

स्थानीयवासी तथा सरोकारवालाहरूले घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन, निष्पक्ष र तीव्र अनुसन्धान गर्न तथा पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। सम्बन्धित निकायले समयमै प्रभावकारी हस्तक्षेप नगरे यस्ता आपराधिक गतिविधि अझ बढ्न सक्ने चेतावनीसमेत दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.