मेनु

कानेपोखरी गाउँपालिका पशु शाखाले कृषी सामाग्री वितरण गर्याे ।थारू पाेर्टल

कानेपोखरी गाउँपालिका पशु शाखाले कृषी सामाग्री वितरण गर्याे ।थारू पाेर्टल

२९। वैशाख, कानेपोखरी ।

सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम र पशु शाखा प्रमुख डम्बर राईले सामाग्री हस्तान्तरण गरेका हुन् ।

निवेदन दिएका ३४ जनालाई एक चक्के गाडी (ह्वीलब्यारो) तथा ३७ जना कृषकलाई गाई–भैँसीका लागि ओछ्याउने गुन्द्री (काउम्याड) वितरण गरिएको थियो । पशु शाखा प्रमुख राईका अनुसार करिब ६ लाख रुपैयाँ बराबरको सामाग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।