'कानेपोखरीको एसईई नतिजामा ६६ %विद्यार्थी उत्तीर्ण।उत्कृष्ट विद्यार्थीका रूपमा पर्ल एकेडेमी।थारूपाेर्टल'

May 13, 2026

विज्ञापन
No data was found

वैशाख, ३०,कानेपोखरी ।

मोरङको कानेपोखरी गाउँपालिकामा शैक्षिक सत्र २०८२सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । गाउँपालिकाले बुधबार सार्वजनिक गरेको विवरणअनुसार सहभागी ५सय६९ विद्यार्थीमध्ये ३सय७९ जना उत्तीर्ण हुँदा १सय९० जना असफल भएका हुन् ।

गाउँपालिका क्षेत्रका १४ विद्यालयमध्ये दुई निजी विद्यालयले सतप्रतिशत नतिजा हासिल गरेका छन् । पिनाकल ज्ञान मन्दिरबाट सहभागी ५६ जना र माउन्ट हर्मन चिल्ड्रेन एकेडेमीका २८ जना विद्यार्थी सबै उत्तीर्ण भएका हुन् ।

सामुदायिक विद्यालयतर्फ जनसेवा माध्यमिक विद्यालय उत्कृष्ट बनेको छ । विद्यालयबाट सहभागी ८८ विद्यार्थीमध्ये ७४ जना उत्तीर्ण हुँदै ८४.०९ प्रतिशत नतिजा हासिल भएको हो ।

त्यस्तै, रमाइलो बालजगत इङ्लिस बोर्डिङ स्कुलले ९२.५९ प्रतिशत, पर्ल एकेडेमीले ८८.८९ प्रतिशत तथा मकालु मोरङले ८७.५० प्रतिशत नतिजा ल्याएका छन् । शिक्षा सदन माध्यमिक विद्यालयको नतिजा ७४.०७ प्रतिशत तथा सिंहदेवी माध्यमिक विद्यालयको ५९.०२ प्रतिशत रहेको छ । केही सामुदायिक विद्यालयको नतिजा भने ३४ देखि ३८ प्रतिशतको हाराहारीमा सीमित भएको देखिएको छ ।

यस वर्ष गाउँपालिकाभरकै उत्कृष्ट विद्यार्थीका रूपमा पर्ल एकेडेमी इङ्लिस स्कुलका दिपक श्रेष्ठ बनेका छन् । उनले ३.९ जीपीए प्राप्त गरेका हुन् । यस्तै, माउन्ट हर्मनका कृष्ण अधिकारीले ३.८६ जीपीए तथा पिनाकल ज्ञान मन्दिरका सक्षम राज थापाले ३.८३ जीपीए ल्याउँदै उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

गाउँपालिका क्षेत्रका ६ निजी र ८ सामुदायिक विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । समग्र नतिजाले निजी विद्यालयको प्रदर्शन प्रभावशाली देखिए पनि सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.