'ट्रेलब्रिज निर्माण सम्पन्न भएपछि स्थानीय खुसीले हर्षित ।थारू पाेर्टल'

May 22, 2026

विज्ञापन
No data was found

जेष्ठ ८ शुक्रबार

रबिन्द्र बराल

मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँ जोडिने रतुवा खोलामा झुलुङ्गे पुल (ट्रेलब्रिज) निर्माण कार्य सम्पन्न भएपछि स्थानीय हरू उत्साहित भएका छन् ।स्थानीयवासीका अनुसार वर्षौंदेखि जोखिमपूर्ण रूपमा खोलाबाट आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य भएपछि उनीहरूलाई ठूलो राहत भएको छ। नेपाल सरकार तथा सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागद्वारा उक्त स्थानमा “मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेलब्रिज” निर्माण गरिएको हो। करिब ७४७ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि थानी निर्माण सेवा प्रा.लि., बत्तीसपुतली, काठमाडौंले भ्याट सहित कुल १९ करोड ८२ लाख ४४ हजार ६ सय ६२ रुपैयाँमा ठेक्का पाएको थियो। उक्त पुल निर्माणका लागि २०८२ असार ११ गते ठेक्का सम्झौता गरिएको थियो।

सम्झौता अनुसार २०८४ असार १० गते निर्माण सम्पन्न गर्ने समयसीमा तोकिएको भए पनि निर्माण कम्पनीले समयअवधिभन्दा करिब १४ महिना अगावै निर्माण कार्य सम्पन्न गरेको छ। निर्माण व्यवसायी लोकबहादुर बस्नेतका अनुसार तीव्र गतिमा काम अघि बढाइएकाले निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण सम्पन्न गर्न सफल भएको बताए । पुल निर्माण भएपछि स्थानीय बालबालिकाहरूलाई विद्यालय जान आउन सहज भएको छ भने दैनिक आवतजावत, व्यापार–व्यवसाय तथा कृषि सामग्री ओसारपसारमा समेत ठूलो सहजता आएको स्थानीयवासीहरूले बताएका छन्। यस क्षेत्रका विद्यार्थीहरू पनि विगतका वर्षहरूमा बर्खायाममा खोलामा पानीको बहाव बढ्ने कारण तीन महिनासम्म विद्यालय जानबाट वञ्चित हुनुपर्ने अवस्था रहेको थियो। तर अहिले पुल निर्माण सम्पन्न भएपछि उनीहरू नियमित रूपमा विद्यालय जान पाएका छन् । जसले उनीहरूको पठनपाठनमा निरन्तरता आएको स्थानीयले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.