'कानेपोखरीमा तीनदिने विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न ।थारू पाेर्टल'

May 28, 2026

विज्ञापन
No data was found

१४, जेठ, कानेपोखरी

मोरङको कानेपोखरी गाउँपालिका ले चारवटा विधामा सञ्चालन गरेको तीनदिने गाउँपालिका स्तरीय ‘विद्यार्थीहरुको प्रतिभा पहिचान’ कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नं. ५ स्थित सिंहदेवी माध्यमिक विद्यालय को व्यवस्थापनमा विद्यालय परिसरमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भई विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता जेठ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

कार्यक्रम अन्तर्गत तेस्रो दिन आयोजित नृत्य प्रतियोगितामा पिनाकल ज्ञान मन्दिर स्कुल प्रथम भएको थियो । त्यसैगरी माउन्ट हर्मोन स्कुल दोस्रो तथा पर्ल एकेडेमी स्कुल तृतीय भएका थिए । सान्त्वना स्थानमा सिंहदेवी माविजेनिथ इङ्लिस स्कुल परेका थिए । सामूहिक नृत्यतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार ५ सय र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।गायन प्रतियोगितातर्फ माउन्ट हर्मोन स्कुल प्रथम, आदर्श इङ्लिस स्कुल द्वितीय र स्माल हेभेन स्कुल तृतीय भएका थिए । विजेताहरूलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी अभिनय प्रतियोगितामा सिंहदेवी मावि प्रथम, माउन्ट हर्मोन स्कुल द्वितीय तथा मकालु मोरङ स्कुल तृतीय भएका थिए । अभिनयतर्फ पनि प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।हाजिरीजवाफ प्रतियोगितामा रमाइलो बाल जगत स्कुल प्रथम, सिंहदेवी मावि द्वितीय तथा जनसेवा मावि तृतीय भएका थिए । हाजिरीजवाफतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार र ९ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष चरण गुरुङ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता अवधिभर गाउँपालिका शिक्षा शाखा प्रमुख चुडामणी रेग्मी, रमेश काफ्ले तथा धर्मराज थापा ले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.