'सुनसरीको बराहक्षेत्रमा जंगली हात्तीको छावा मृत फेला ।थारू पाेर्टल'

May 28, 2026

विज्ञापन
No data was found

सुनसरी, जेठ ,१४ 

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित बीस आरडी पूर्व गहने खोलाको दहमा जंगली हात्तीको एक छावा मृत अवस्थामा फेला परेको छ।

स्थानीयवासीका अनुसार बुधबार राति जब्दी क्षेत्रबाट जंगलतर्फ बथानसहित गइरहेका हात्तीहरू मध्ये उक्त छावा पानी जमेको दलदली क्षेत्रमा फसेको थियो। दलदलबाट बाहिर निस्कन नसक्दा छावाको मृत्यु भएको अनुमान गरिएको छ।

घटनाबारे जानकारी पाएपछि स्थानीयवासी तथा सम्बन्धित निकायको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार छावा दलदलमा फसेर मरेको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यस घटनाले स्थानीयवासीलाई दुःखी बनाएको छ। पछिल्ला वर्षहरूमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा जंगली जनावरको सुरक्षाका विषयमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीयको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.