मेनु

छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३  हुदै ।थारू पाेर्टल

आदिवासी जनजाति चलचित्र महासंघले जेठ १७ गतेदेखि तीन दिनसम्म ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ आयोजना गर्ने भएको छ । महोत्सव सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन हुनेछ ।

चलचित्र विकास बोर्डको हलमा आयोजना हुने महोत्सवमा लिम्बु, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल,   थारू तथा राजवंशी समुदायका कथानक, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड फिल्म प्रदर्शन गरिने आयोजक समिति निर्देशक सागर केरुङ ले जानकारी दिए ।

उनले आदिवासी चलचित्रलाई केवल कला वा मनोरञ्जनको माध्यम नभई सभ्यता, अस्तित्व र सांस्कृतिक सार्वभौमिकताको अभिव्यक्तिका रूपमा हेर्नुपर्ने बताए । उनका अनुसार महोत्सवले आदिवासी समुदायको भाषा, इतिहास, भूमि र पूर्वजहरूको स्मृतिलाई चलचित्रमार्फत प्रस्तुत गर्नेछ ।

कथानक चलचित्र

  • रित — निर्देशक दिनेश लिङ्देन
  • स्वयनगु — निर्देशक अमृतमान महर्जन
  • ङोल्स्यो रामरानी — निर्देशक जनक गुरुङ
  • ह्याङ तामाङ — निर्देशक निमा लामा तामाङ
  • दिलसरा — निर्देशक अशोक आलेमगर

लघु चलचित्र

  • तङसिङ — निर्देशक सागर केरुङ
  • दुखला ग्यम — निर्देशक हुतबहादुर तामाङ
  • निको पहिचान — निर्देशक विपना तामाङ भुजेल
  • लाहुरेनी — निर्देशक विशाल रोकामगर

वृत्तचित्र

  • आग्रे — निर्देशक अनिल बुढामगर
  • लदि पूजा — निर्देशक होमकुमारी माझी
  • विराटनगरके प्राचीन राजवंशी — निर्देशक अरविन्द विश्वास

महोत्सवले चलचित्रकर्मी, अनुसन्धानकर्ता तथा सांस्कृतिक अभियन्ताबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा चलचित्र कलाकार सङ्घ का अध्यक्ष उत्तम केसी, आदिवासी जनजाति महासङ्घ का उपाध्यक्ष अमृतबहादुर सुनुवार, आदिवासी जनजाति पत्रकार सङ्घ का अध्यक्ष समीर बलामी लगायत आदिवासी कलाकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।