'रङ्गेलीका तरकारी किसान संकटमा ।थारू पाेर्टल'

May 31, 2026

विज्ञापन
No data was found

जेष्ठ १७ आईतवार 

रबिन्द्र बराल

मोरङको रङ्गेली–७ का तरकारी किसानहरूले उत्पादन लागत बढ्दै गए पनि उचित मूल्य नपाएको गुनासो गरेका छन्। किसानहरूका अनुसार भारतबाट अवैध रूपमा भित्रिने सस्तो तरकारीका कारण स्थानीय उत्पादनले बजार गुमाउँदै गएको छ।हाल करेला, भिण्डी, टमाटर, परवल, बोडीलगायत तरकारी उत्पादन भइरहे पनि बिक्रीमा समस्या भएको किसानहरूको भनाइ छ। मल, बीउ, मजदुरी र ढुवानी खर्च बढे पनि तरकारीको मूल्यमा उल्लेख्य वृद्धि नभएको उनीहरूले बताएका छन्।

किसानहरूले नेपाली उत्पादनको छुट्टै पहिचान प्रणाली लागू गर्न तथा सीमाबाट भित्रिने तरकारीको प्रभावकारी अनुगमन गर्न सरकारसँग माग गरेका छन्। रङ्गेली नगरपालिकाले निर्माण गरिरहेको कोल्ड स्टोर सञ्चालनमा आएपछि उत्पादन भण्डारणमा सहज हुने अपेक्षा गरिएको छ।किसानहरूले समयमै सरकारी हस्तक्षेप नभए स्थानीय कृषि उत्पादन र किसानहरूको पेशाप्रतिको विश्वास कमजोर हुने चेतावनी दिएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.