जेष्ठ, २६ .मंगलबार

मोरङको डाईनिया क्षेत्रमा सशस्त्र प्रहरीले गरेको अनुगमन तथा छापामारीका क्रममा ठूलो मात्रामा विभिन्न उपभोग्य तथा किराना सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल बिओपी मायागञ्जका प्रमुख डिएसपी गोविन्द पोखरेलको नेतृत्वमा खटिएको टोलीले डाईनिया बजारबाट बर्षे देखि मुख्य बजारमा थाेक तथा हाेल्सेल किरानाकाे व्यापारी गर्दे आईरहेका वरुण साहको पसलमा गाेप्य सुचानकाे आधारमा ससस्त्र प्रहरी मायाँगज्नकाे विशेष टाेलीले निजकाे घर , तथा दाेकानमा छापा मारेको छ ।

प्रहरीले उक्त पसलमा २३ बाेरा चिनी ३ बाेरा मटर , ड्यु पेय पदार्थ ८ कार्टुन, खैनी ३ बोरा, जिरा २ बोरा, बिस्कुट ५ कार्टुन, लेज ५ कार्टुन तथा कुर्मुरे ४ कार्टुन बरामद गरेको जनाएको छ। त्यसैगरी सोही स्थानमा रहेको विश्वराज राजपुतको पसलबाट पनि विभिन्न सामान बरामद गरिएको छ। प्रहरीका अनुसार उक्त पसलबाट बिस्कुट ५४ प्याकेट, तेल ६ कार्टुन, मसला धुलो ५ बोरा, सर्फ २ बोरा, रिफाइन तेल १२ कार्टुन, सुर्ती १ सानो बोरा, कालो प्लास्टिक झोला १ बोरा तथा स्प्राइट, कोकलगायतका पेय पदार्थ बरामद गरिएको छ।

बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। सामानहरू भारतबाट भन्सार छली गरी ल्याइएको आशंकामा नियन्त्रणमा लिइएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र सशस्त्र प्रहरी स्रोतले जनाएको छ। स्थानीयवासीका अनुसार डाइनिया तथा आसपासका सीमावर्ती क्षेत्रबाट पछिल्लो समय विभिन्न उपभोग्य सामग्रीको अवैध ओसारपसार बढ्दै गएको छ। सुरक्षाकर्मीले सीमाक्षेत्रमा निगरानी बढाएसँगै यस्ता गतिविधिविरुद्ध अभियान तीव्र बनाएको बताएका छन्।