'विद्यालयको लिज जग्गा खाली गराउने क्रममा तनाव, प्रहरीमाथि खुकुरी प्रहारको प्रयास ।थारू पाेर्टल'

June 11, 2026

विज्ञापन
No data was found

बाँके, बैजनाथ ।

बाँकेको बैजनाथ गाउँपालिका–६ मा विद्यालयको लिजमा दिइएको जग्गा खाली गराउने क्रममा तनावपूर्ण अवस्था सिर्जना भएको छ। जग्गा खाली गराउन पुगेका प्रहरीमाथि एक महिलाले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि घटनाले थप चर्चा पाएको छ।

स्थानीय श्री ईश्वरी माध्यमिक विद्यालय ले आफ्नो स्वामित्वको जग्गा लिजमा दिएको थियो। लिज अवधि समाप्त भएपछि सम्बन्धित पक्षलाई पटक–पटक जग्गा खाली गर्न आग्रह गरिए पनि अटेर भएपछि गाउँपालिका र प्रहरीको समन्वयमा डोजर प्रयोग गरी संरचना हटाउने काम गरिएको बताइएको छ।

गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यका अनुसार विद्यालय र स्थानीय सरकारको तर्फबाट पटक–पटक सूचना तथा पत्राचार गरिए पनि जग्गा खाली नगरिएकाले कानुनी प्रक्रिया अनुसार कदम चालिएको हो।

डोजर सञ्चालन भइरहेको क्रममा लिजमा जग्गा लिएकी चन्द थरकी महिलाले आक्रोशित हुँदै प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। घटनापछि प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। कतिपयले कानुनी प्रक्रियामा सहयोग गर्नुपर्ने बताएका छन् भने केहीले घटनास्थलमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.