असार ,७। आईतवार
रबिन्द्र बराल

माेरङकाे रङ्गेली नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवालले राजिनामा पत्र बुझाए पछि अहिले विभिन्न प्रतिक्रिया हरु आईरहेका छन । उनले अस्पतालका मेशु वसन्त कुमार साहलाई सात दिन अगाडि आफ्नो पदबाट राजीनामा दिएकाे लिखित पत्र दिएका थिए ।

उनले राजिनामा दिएपछि स्थानीय समुदायमा समेत अनेक प्रश्नहरू उठ्न थालेका छन्। अबकाे अध्यक्ष काे बन्छ र अस्पताल लाई कसरी सन्चालन गर्छन र के कस्ता काम हुन्छ र कस्तो ब्यक्ति चयन हुन्छ भन्ने चासोको बिषयमा हेर्ने थालिएको छ । बिगत लामो समयदेखि आफू समेत बिरामी भएपछि उनी समेत अहिले पनि आफ्नो उपचार गराई रहेका छन । तर आफ्नो शरिरकाे असस्वथालाई बेवास्ता गर्दे बिगत ४ देखि उनलेे अस्पतालको अध्यक्ष पदकाे नेतृत्व सम्हाले पछि उनलेे आफू भित्र रहेको अस्वस्थकाे सामना गर्दे यश क्षेत्रका स्थानीय हरुले दैनिकी सेवा लिने अस्पतालमा रहेर निकै राम्रो कामहरु गरेका थिए ।उनले साता दिन अगाडि आफ्नो स्वास्थ्य अवस्था र पारिवारिक जिम्मेवारीलाई कारण देखाउँदै पदबाट राजिनामा दिएपछि अहिले चाैतर्फि रुपमा बहस हुन थालेको छ ।

तर उनको बहिर्गमनसँगै अस्पतालले एउटा राम्रो अध्यक्ष मात्र नभए र उनी माथि रहेको सेवाभाव, अनुशासन र नेतृत्वको एउटा उदाहरण पनि गुमाएको चर्चा हुन थालेको छ। उनले चार वर्षको अवधिमा करिब २०८ वटा शनिबार बिहान ८ बज्नुअघि नै सुरुका दिनहरुमा स्थानीय युवा, समाजसेवी हरुलाई समेत लिएर कटुवाल अस्पताल परिसरमा उपस्थित हुने गर्देथे । पछिल्लो समयमा स्थानीय युवाहरु समेत अस्पताल सरसफाई बाट पन्छिन थाले तर कटुवालले भने आफ्नो कामलाई निरन्तरता बाट आफू कहिले पछि हटेन्न, उनले सरसफाइमा निरन्तरता दिदा उनकाे साथमा चिकित्सक, कर्मचारी र व्यवस्थापन समितिका सदस्यहरूलाई समेत साथमा लिएर सरसफाइ अभियानमा जुट्थे।

अस्पताल सफा राख्ने जिम्मा केवल सरसफाइकर्मीको मात्र होइन, सबैको साझा दायित्व हो भन्ने सन्देश उनले व्यवहारमै देखाए। “विगतका धेरै अध्यक्षहरू कार्यालयको कुर्सीमा बसेर निर्देशन दिन्थे, तर कटुवाल आफैं हातमा झाडु लिएर अस्पताल सफा गर्न अग्रसर हुन्थे। रङ्गेली नगर अस्पतालको इतिहास हेर्दा विभिन्न समयमा नेतृत्वमा आएका केही व्यक्तिहरूले आफ्ना नातागोता, आफन्त वा निकटस्थलाई जागिर दिलाउन दबाब दिएको आरोप सुनिन्थ्यो। तर कटुवालको चार वर्षे कार्यकालमा भने यस्ता कुनै विवाद सार्वजनिक भएनन्। अस्पतालका कर्मचारीहरूका अनुसार उनले आफ्ना आफन्तलाई जागिर लगाउने प्रयास त परै जाओस्, कसैलाई पदको प्रभाव देखाएर विशेष सुविधा दिलाउन समेत खोजेनन्। अस्पतालका एक कर्मचारी भन्छन्, “उहाँ अध्यक्ष भएर पनि कहिल्यै अध्यक्षजस्तो अहमता देखाउनुभएन। डाक्टर, कर्मचारी, कार्यालय सहयोगी सबैसँग समान व्यवहार गर्नुहुन्थ्यो।

” कटुवाल स्वयं गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत थिए। तर व्यक्तिगत पीडाभन्दा जनताको स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै अस्पतालको काममा निरन्तर खटिरहेकाे देख्दा हामी पनि अचम्मित हुने गरेको उनलेे बताए । कतिपय अवस्थामा आफ्नै उपचारको चिन्ताभन्दा अस्पतालको व्यवस्थापन र सेवाको गुणस्तर सुधारमा उनको ध्यान केन्द्रित हुन्थ्यो। उनको नेतृत्वमा अस्पतालको सरसफाइ, व्यवस्थापन र सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको स्थानीयहरू बताउँछन्। यही कारण अस्पतालप्रति जनविश्वास बढ्दै गएको थियो। अब सबैभन्दा ठूलो प्रश्न यही छ—देवमणि कटुवालपछि आउने अध्यक्षले पनि प्रत्येक शनिबार बिहान अस्पतालको सरसफाइमा यसरी नै अग्रसरता देखाउलान् त ? के अब नयाँ नेतृत्वले अस्पताललाई सेवाको केन्द्र बनाउनेछ कि व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाउछन ? के अब नयाँ अध्यक्षले निर्देशन मात्रै दिन्छन कि आफै कुचाे लिएर अगाडि बड्छन ?
“अध्यक्षको कुर्सी सेवा गर्ने जिम्मेवारी हो, हैकम चलाउने अधिकार होइन भन्ने नयाँ अध्यक्षले याे कुरा बुझ्नुपर्छ । कटुवालको राजीनामापछि अस्पतालमा नेतृत्व परिवर्तन त हुनेछ, तर उनको जस्तो निस्वार्थ सेवा, समर्पण र व्यवहारिक नेतृत्वलाई प्रतिस्थापन गर्न सजिलो नहुने धेरैको बुझाइ रहेको छ। अस्पतालको आँगनमा शनिबार बिहानको त्यो सरसफाइ अभियान सम्झनेहरू धेरै छन्। झाडु समातेर अगाडि हिँड्ने अध्यक्ष अब पदमा नहुन सक्छन्, तर उनले देखाएको बाटो भने अस्पतालका लागि सधैं प्रेरणाको स्रोत बन्नेछ। रङ्गेली नगर अस्पताल अब नयाँ नेतृत्वको प्रतीक्षामा छ। समयले जवाफ दिनेछ—नयाँ अध्यक्षले कटुवालले बनाएको सेवाको संस्कारलाई अझ बलियो बनाउँछन् कि त्यसलाई कमजोर पार्छन्। तर एउटा कुरा निश्चित छ, जनताले अब पद होइन, काम बाट मुल्यांकन गर्नुपर्ने देखिन्छ । आज धेरै स्थानीयको मनमा एउटै प्रश्न छ !! अब आउने अध्यक्षले पनि अस्पताललाई आफ्नै घर सम्झेर सफा राख्नेछन् कि केवल कुर्सीमा बसेर आदेश दिनेछन् त्याे हेर्ने बाँकी छ ? सबैभन्दा महत्वपूर्ण कुरा, चार वर्षको कार्यकालमा देवमणि कटुवालमाथि आर्थिक अपचलन, अनियमितता वा व्यक्तिगत लाभ लिएको कुनै आरोप लागेन।
सार्वजनिक सम्पत्तिलाई निजी सम्पत्ति सम्झने प्रवृत्ति बढिरहेको समयमा उनले अस्पतालको एक रुपैयाँलाई पनि जनताको सम्पत्ति मानेर संरक्षण गरे। स्थानीयहरू भन्छन्, “विगतमा अस्पतालको नेतृत्वमा बसेका केही व्यक्तिहरूमाथि आफन्त, नातागोता र निकटस्थलाई जागिर दिलाउन दबाब दिएको चर्चा सुनिन्थ्यो। तर कटुवालले कहिल्यै आफ्नो परिवार, आफन्त वा नातागोताको नाम लिएर कसैलाई जागिर दिलाउने प्रयास गरेनन्।”उनले अस्पताललाई भर्ती केन्द्र होइन, सेवाको केन्द्र बनाउने प्रयास गरे। अध्यक्षको पदलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम होइन, जनताको सेवा गर्ने अवसरको रूपमा लिए। अस्पतालका कर्मचारीहरूका अनुसार उनले कहिल्यै अध्यक्षको हैकम देखाएनन्।
डाक्टरसँग डाक्टरजस्तै, कर्मचारीसँग कर्मचारीजस्तै र बिरामीसँग परिवारको सदस्यझैँ व्यवहार गर्थे। समस्या आए फकाएर समाधान खोज्थे, दबाब दिएर होइन। आफू गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका बेला पनि उनले अस्पताल छोडेनन्। शरीर कमजोर बन्दै गयो, तर सेवाप्रतिको उनको इच्छाशक्ति कमजोर भएन। परिवारले समय खोजिरहेको थियो, स्वास्थ्यले आराम मागिरहेको थियो, तर उनी अस्पतालको जिम्मेवारीबाट पछि हटेनन्। सायद यही कारणले आज उनको राजीनामालाई धेरैले एउटा साधारण प्रशासनिक घटनाको रूपमा हेरेका छैनन्।
धेरैका लागि यो एउटा सेवाभावी युगको अन्त्यजस्तै बनेको छ। ## हाम्रो प्रश्न १)के नयाँ अध्यक्षले पनि प्रत्येक शनिबार अस्पतालको सरसफाइमा आफ्नै हातले योगदान दिनेछन् ? २)के नयाँ अध्यक्षले पनि कुनै आफन्तलाई नहेरी केवल जनताको हितलाई प्राथमिकता दिनेछन् ? ३) के नयाँ नेतृत्व अस्पताललाई सेवाको मन्दिर बनाउनेछ कि व्यक्तिगत स्वार्थको थलो ? ४) अस्पतालमा रहेका सेवा, उपकरण र विशेषज्ञ चिकित्सकलाई थप विस्तार गर्न के–कस्ता ठोस कार्यक्रम ल्याउनुहुन्छ? ५) बिरामीले अझै पनि औषधि, परीक्षण र विशेषज्ञ सेवाका लागि बाहिर जानुपर्ने अवस्था किन छ? यसलाई कसरी अन्त्य गर्नुहुन्छ? ६) अस्पतालको आम्दानी–खर्चलाई पूर्ण पारदर्शी बनाउन सार्वजनिक लेखा परीक्षण गर्नुहुन्छ कि गर्नुहुन्न? ७) विगत नेतृत्वले अस्पताललाई देशकै उत्कृष्ट बनायो, अब तपाईं त्यो उपलब्धिलाई जोगाउन सक्नुहुन्छ भन्ने आधार के छ? ८) अस्पतालमा राजनीतिक हस्तक्षेप हुन नदिने प्रतिबद्धता गर्नुहुन्छ? ९) गरीब तथा विपन्न नागरिकलाई निःशुल्क वा सहुलियत उपचारको दायरा बढाउने योजना छ? चिकित्सक र स्वास्थ्यकर्मीको अभाव हुन नदिन के रणनीति अपनाउनुहुन्छ? १०) अस्पतालमा हुने सम्भावित आर्थिक अनियमितता रोक्न के कडा मापदण्ड लागू गर्नुहुन्छ? ११) पाँच वर्षपछि रङ्गेली अस्पताललाई कुन स्तरमा पुर्याउने लक्ष्य राख्नुभएको छ? १२) यदि अस्पतालको गुणस्तर खस्कियो भने त्यसको नैतिक जिम्मेवारी लिन तयार हुनुहुन्छ? १३) जनताले तपाईंलाई अध्यक्ष बनेको उपलब्धि होइन, कामको परिणामबाट मूल्यांकन गर्नेछन्। १४) पहिलो एक वर्षमा देखिने उपलब्धि के हुनेछ?