'सीमाको सुरक्षा मात्र होइन, विद्यार्थीको भविष्य निर्माणमा पनि सशस्त्र प्रहरी।थारू पाेर्टल'

June 21, 2026

विज्ञापन
No data was found

असार, ७

रबिन्द्र बराल

सीमा सुरक्षामा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाहमा समेत सक्रिय रुपमा रहेको सशस्त्र प्रहरी बल नेपालले रङ्गेली ६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण तथा मैत्रीपूर्ण भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । सीमा क्षेत्र विकास कार्यक्रम (BADP) अन्तर्गत आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सोराभागले पव्लिक उच्च माध्यमिक विद्यालयलाई विभिन्न खेलकुद सामग्री हस्तान्तरण गर्नुका साथै विद्यार्थीहरूसँग मैत्रीपूर्ण भलिबल खेलसमेत खेलेकाे थियो ।

प्रतियोगितामा विद्यालयका विद्यार्थी र सशस्त्र प्रहरी टोलीबीच भलिबल खेल प्रदर्शन भएको थियो। रोमाञ्चक बनेको खेलमा सशस्त्र प्रहरी टोली विजयी भए पनि कार्यक्रमको वास्तविक जित खेल भावना, आपसी सद्भाव र सहकार्यको रहेको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द पोखरेलले खेलकुदले युवापुस्तालाई कुलत, विकृति र नकारात्मक सोचबाट टाढा राख्दै अनुशासित, जिम्मेवार र राष्ट्रप्रति समर्पित नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्न महत्त्वपूर्ण भुमिका रहेको बताए ।

 

उहाँले सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्ने दायित्वसँगै समाजको समग्र विकासमा पनि निरन्तर योगदान दिँदै आएको उल्लेख गर्नुभयो। विद्यालय र सुरक्षा निकायबीचको सम्बन्धलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक विकासका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता गर्नु भएको छ।

 

विद्यालयका प्रधानाध्यापक अरविन्द कुमार साहले सशस्त्र प्रहरी बलले विद्यालयमा सञ्चालन गरेको कार्यक्रम केवल खेलकुद गतिविधिमा सीमित नभई विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन र सामाजिक चेतना अभिवृद्धिसँग जोडिएको बताउनुभयो। उहाँले सुरक्षा निकायको विद्यालयप्रतिको यस्तो सहयोगले विद्यार्थीहरूमा राष्ट्रप्रेम, जिम्मेवारीबोध तथा सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। “सशस्त्र प्रहरी बलले गरेको यो कार्यक्रम विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

यस्ता गतिविधिले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउनुका साथै विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुन हौसला प्रदान गर्छ,” उहाँले भन्नुभयो। कार्यक्रममा सशस्त्र प्रहरी बल चौप्राहा का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटा, धनपट्टीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक निलहरी दाहाल, विद्यालयका प्रधानाध्यापक अरविन्द शाह, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

 

विद्यालय प्रशासनले सशस्त्र प्रहरीद्वारा प्रदान गरिएको खेलकुद सामग्रीले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, नियमित अभ्यास तथा खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ। सुरक्षा निकाय र शैक्षिक संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै सम्पन्न भएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र सकारात्मक प्रेरणा जगाएको सहभागीहरूको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.