असार ८।
रबिन्द्र बराल

मोरङको रङ्गेली नगरपालिकाले निर्माण गरेको रङ्गेली–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयदेखि बेलबारी सिमानासम्मको करिब चार किलोमिटर सडककाे निर्माण कार्य सम्पन्न भएको एक वर्ष नबित्दै विभिन्न स्थानमा भत्किन र बिग्रिन थालेकाे छ। नगरपालिकाभित्र निर्माण गरिएका ३८ किलोमिटर सडकअन्तर्गत उक्त सडकलाई महत्वपूर्ण योजनाका रूपमा लिइएको थियो। तर निर्माण सम्पन्न भएको छोटो समयमै सडकको अवस्था कमजोर बन्दै गएपछि निर्माणको गुणस्तरमाथिनै प्रश्न उठाएकाे छ । स्थानीयका अनुसार सडकका विभिन्न भागमा खाल्डाखुल्डी देखिन थालेको छ भने केही स्थानमा कालोपत्रे उप्किन थालेको छ। “एक वर्षमै सडक यस्तो अवस्थामा पुग्नु दुःखद हो,। उक्त सडक भएर दैनिक सयौंको संख्यामा टिपर तथा अन्य सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

स्थानीयले सम्बन्धित निकायलाई सडकको गुणस्तर परीक्षण गरी आवश्यक मर्मत तथा सुधारका काम तत्काल अघि बढाउन आग्रह गरेका छन्। समयमै मर्मत नगरिए आगामी वर्षायाममा सडक झन् जोखिमपूर्ण बन्ने र सर्वसाधारणलाई आवतजावतमा थप सास्ती हुने देखिएको छ। उक्त सडक खण्डको स्थलगत वस्तुस्थितिबारे जानकारी दिँदै रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहका अनुसार सडकको मुख्य पिच (रोड क्र्याक) मा समस्या नभई जमिन नै भित्रबाट धस्सिएको र नहरको डिल भएकाले जहाँ-जहाँ पानी सिपेज (चुहावट) भएको छ, त्यहाँ जमिन दबिएको र यो रोड क्र्याक भएको होइन, जहाँ जमिन दब्यो त्यहाँ बाटो भासिएको मात्र हो। अधिकृत साहका अनुसार विगत एक हप्तादेखि इन्जिनियर तथा प्राविधिकहरूको टोलीले सो क्षेत्रको निरन्तर अध्ययन गरिरहेको बताए । सडकको नहरतर्फ र पश्चिम दिशामा पानी जमेर पोखरी जस्तो बनेकाले जग कमजोर हुन पुगेको भन्दै उहाँले ती पोखरीहरू सुकाउन र पानीको उचित निकास गर्न निर्देशन दिइसकेको जानकारी दिएका छन । सडक बिग्रनुको अर्को मुख्य कारण २० देखि २५ टनसम्मका हेभी ट्रिपरहरू गुड्ने रोक लगाउने र तिनीहरूको रुट अन्यत्रै डाइभर्ट गर्ने तयारी गरिरहेको बताए ।हामी इन्जिनियर र प्राविधिकहरूलाई राखेर तल्लो तहदेखि नै फेरि त्यसको उचित व्यवस्थापन गरी सडक पुनः निर्माण ठेक्केदार मार्फत गर्ने बताएका छन ।