'दोस्रो कोशी प्रदेश स्तरीय रेफ्री तालिम तथा सेमिनार सम्पन्न  ।थारू पाेर्टल'

June 22, 2026

विज्ञापन
No data was found

कानेपाेखरी ।असार । ८

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा आयोजित दोस्रो कोशी प्रदेश स्तरीय रेफ्री तालिम तथा सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ।

कोशी प्रदेश सि.एच.आईटिएफ (CHITF) तेक्वान्दो संघको आयोजनामा असार ६ र ७ गते सञ्चालन भएको उक्त कार्यक्रममा कोशी प्रदेशसँगै काठमाडौं, नवलपरासी र बागलुङबाट प्रशिक्षक, रेफ्री तथा खेलाडीहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई कानेपोखरी गाउँपालिकाले सहयोग गरेको थियो।

कार्यक्रमको अध्यक्षता कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलले गरेका थिए। समापन कार्यक्रममा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, वडा नं. ६ का अध्यक्ष खड्गबहादुर बस्नेत, मोरङ अध्यक्ष विद्यानन्द चौधरी लगायतको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य संघका उपाध्यक्ष अशोक फुयालले व्यक्त गरेका थिए।

तालिम तथा सेमिनारका मुख्य प्रशिक्षक नितेनकुमार रौनियार रहेका थिए। खेल क्षेत्रको विकास तथा दक्ष रेफ्री उत्पादनमा योगदान पुर्‍याएको भन्दै उनलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

समापन समारोहमा सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज थापा, कानेपोखरी स्काउट संयोजक होमप्रसाद न्यौपाने, जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोद निरौला, प्रशिक्षक नितेनकुमार रौनियार तथा वडा अध्यक्ष खड्गबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उपाध्यक्ष भोलाप्रसाद अधिकारी र वडा अध्यक्ष बस्नेतले यस्ता खेलकुद गतिविधिले कानेपोखरीलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए। उपाध्यक्ष अधिकारीले तेक्वान्दोमार्फत खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै गाउँपालिकाको गौरव बढाएको उल्लेख गर्दै खेलकुद र खेल शिक्षाको विकासमा स्थानीय सरकारले निरन्तर लगानी गरिरहेको बताए।

कार्यक्रममा रेफ्री तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै सेमिनारमा सहभागी खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो। समापन अवसरमा उपाध्यक्ष अधिकारी, प्रशिक्षक तथा अतिथिहरूद्वारा मायाको चिनो समेत वितरण गरिएको थियो।

कार्यक्रमको सञ्चालन सचिव दिनेश सुब्बाले गरेका थिए भने सहसचिव राजकुमारी तामाङ र कोषाध्यक्ष अञ्जुला श्रेष्ठले व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए।

आयोजकका अनुसार उक्त तालिमले १० जना दक्ष रेफ्री उत्पादन गरेको छ। साथै तेक्वान्दो खेलको विकास, विस्तार तथा गुणस्तरीय प्रतियोगिता सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। तालिममा कोशी प्रदेशका ५२ जना खेलाडीहरूको सहभागिता रहेको थियो।

छाेटाे समयमा निकै पदकहरू जितन सफल  राष्टिय तथा अन्तराष्टिय खेल समेत खेली सकेका र कानेपेाखरी नाम चिनाउन सफल गुरू तथा प्रमुख प्रशिक्षक युवराज भुजेल याे सव कार्यकाे श्रेय हुन ।।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.