'जेव्रा क्रसिङ मेटिँदै नगरपालिका र ट्राफिक प्रहरी मुखदर्शक ।थारू पाेर्टल'

June 27, 2026

विज्ञापन
No data was found

असार, १३।रङ्गेली 


मोरङको रङ्गेली नगरपालिकाको मुख्य चोकमा रहेको जेव्रा क्रसिङको रङ्ग लगभग मेटिँदा पैदलयात्रीलाई सडक वारपार गर्न निकै कठिनाइ भएको छ। दैनिक सयौं सर्वसाधारण, विद्यार्थी, ज्येष्ठ नागरिक तथा बालबालिकाले प्रयोग गर्ने व्यस्त सडकमा जेव्रा क्रसिङ स्पष्ट नदेखिँदा दुर्घटनाको जोखिम समेत बडदै गईरहेकाे छ ।

जेव्रा क्रसिङका सेता धर्काहरू अधिकांश स्थानमा मेटिएका छन्। जसका कारण चालकले पैदलयात्रीका लागि छुट्याइएको स्थान सहजै छुट्याउन नसक्ने अवस्था छ। व्यस्त बजार क्षेत्रको मुख्य चोकमै यस्तो अवस्था रहँदा सम्बन्धित निकाय भने मौन बस्नु कतिकाे गैरपुर्ण जिम्मेवारी हाे । स्थानीयवासीका अनुसार जेव्रा क्रसिङको रङ्ग फिका भएको लामो समय बितिसक्दा समेत रङ्गेली नगरपालिका र ट्राफिक प्रहरीले पुनः रङ्ग लगाउने चासो देखाएका छैनन्।

पैदलयात्रीको सुरक्षासँग प्रत्यक्ष जोडिएको विषयमा लापरवाही हुँदा दुर्घटना निम्तिने खतरा बढेको स्थानीयले बताए । सडक सुरक्षा व्यवस्थापनमा नगरपालिका र ट्राफिक प्रहरी दुवैको जिम्मेवारी रहे पनि मुख्य चोकको आधारभूत संरचनासमेत बेवास्ता गरिनु चिन्ताको विषय बनेको छ। जेव्रा क्रसिङ स्पष्ट नहुँदा सवारी चालकले पनि पैदलयात्रीलाई प्राथमिकता नदिने अवस्था सिर्जना भइरहेको छ। रंगेली बजार तथा रंगेली क्षेत्रमा अधिकान्श जेव्रा क्रसिङ स्पस्ट छैनन् ।

स्थानीयले सम्बन्धित निकायसँग तत्काल जेव्रा क्रसिङ पुनः रङ्ग्याई स्पष्ट बनाउन, आवश्यक संकेतहरू राख्न तथा पैदलयात्रीको सुरक्षाका लागि प्रभावकारी अनुगमन गर्न माग गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.