'सिलाई कटिङ तालिम सम्पन्न ।थारू पाेर्टल'

July 9, 2026

विज्ञापन
No data was found

असार। २४ बुधबार


रंगेली नगरपालिकाले महिलाहरुका लागि सीपमूलक तालिममा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई कटिङ्गकाे तालिम महिलाहरूका लागि उद्यमशीलता सम्बन्धी ३५० घण्टे पहिलो चरणकाे आधारभूत सिलाई–कटाई तालिम सम्पन्न गरेको छ।

 

रंगेली नगरपालिकाको आर्थिक सहयोग तथा मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, सुन्दरहरैंरहेकचाको आयोजनामा भएको उक्त तालिममा २० जना महिलाको सहभागिता रहेको थियो। समापन कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सुजित मण्डल, मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी संस्थापक अध्यक्ष कमला न्यौपाने, प्रशिक्षक रेखा साह, वडा सदस्य सरस्वती बहरदार, प्रशिक्षक आस्था साह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सुजित मण्डलले महिलालाई स्वरोजगार बनाउन यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताए। उनले सहभागीहरूको मागलाई ध्यानमा राख्दै आगामी दिनमा थप तीन महिनाको उन्नत सिलाई–कटाई तालिम सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

आधारभूत तालिमले मात्रै नपुग्ने सीपलाई व्यावसायिक बनाउन थप अभ्यासका लागि थप तालिम आवस्यकता रहेको र त्यसका लागि वडा कार्यालयबाट आवश्यक पहल गर्ने प्रतिव्यधाता जनाएका छन । मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी संस्थापक अध्यक्ष कमला न्यौपानेले तालिमबाट सिकेको सीपलाई गाउँमै बसेर आयआर्जनको माध्यम बनाउन सहभागीहरूलाई आग्रह गरिन्। प्रमाणपत्रभन्दा पनि सीपलाई व्यवहारमा उतार्नु महत्त्वपूर्ण हो। निरन्तर अभ्यास गरे महिलाहरू आत्मनिर्भर बन्न सक्नुहुन्छ,” उनले भनिन्। प्रशिक्षक रेखा साहले सहभागीहरूले छोटो अवधिमै आधारभूत सिलाई–कटाईको सीप राम्रोसँग सिकेको बताउँदै थप तालिम र नियमित अभ्यासले व्यावसायिक दक्षता हासिल गर्न सक्ने बताइन्। सहभागी महिलाहरूले भने आधारभूत तालिमले आत्मविश्वास बढाएको भए पनि थप तीन महिनाको तालिम आवश्यक रहेको बताए।


सहभागीहरूले नगरपालिकासँग निःशुल्क सिलाई मेसिन उपलब्ध गराइदिन पनि आग्रह गरेका छन्। उनीहरूका अनुसार तालिमपछि सिलाई मेसिन प्राप्त भए घरमै बसेर व्यवसाय सञ्चालन गर्न सहज हुने, आम्दानी बढ्ने र परिवारको आर्थिक अवस्था सुधार्न सहयोग पुग्ने बिश्वास लिएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.