असार २५ बिहीबार
रबिन्द्र बराल

मोरङको रङ्गेली नगरपालिका–७ काे मुख्य बजारमा २०६४ सालमा पहिलो पटक रंगेलीमा निजी बैककाे रुपमा स्थापना लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा समाजसेवी मनोज अग्रवालले भने रङ्गेलीमा प्रारम्भिक चरणमै सेवा विस्तार गरेको लुम्बिनी विकास बैंकले लामो समयदेखि नागरिकको विश्वास जित्दै सहज, भरपर्दो र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको र बैंकले आगामी दिनमा पनि सेवाग्राहीमैत्री सेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन ।

स्थानीय बुद्धिजीवी मछिन्द्र कटुवालले बैंकसँग आफ्नो लामो सम्बन्ध रहेको उल्लेख गर्दै बैंकले सेवाग्राहीलाई सधैं सम्मान, आत्मीयता र विश्वासका साथ सेवा दिँदै आएको र संस्थाले आर्थिक कारोबारसँगै समाजप्रतिको दायित्व पनि प्रभावकारी रूपमा निर्वाह गरिरहेको भन्दै बैंकको प्रशंसा गरेका थिए । कार्यक्रममा शाखा प्रबन्धक दुर्गेश रौनियारले १९औँ वार्षिकोत्सव बैंकका लागि केवल उत्सव नभई सेवाग्राहीप्रतिको प्रतिबद्धता दोहोर्याउने अवसर भएको र बैंकले आधुनिक, सुरक्षित र सहज बैंकिङ सेवामार्फत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन । साथै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिव्यधता ब्यक्त गरे ।

वार्षिकोत्सवका अवसरमा बैंकले रंगेली ७ का ७ बर्षिय अनमाेल कटुवालकाे हात बाट केक काटेर स्थापना दिवस मनाएको थियो। कार्यक्रममा समाजसेवी मचिन्द्र कटुवाल , मनोज अग्रवाल, प्रकाश चिरानिया, वेदमणि घिमिरे, राजेश गोल्यान शाखा प्रबन्धक दुर्गेश रौनियार तथा बैंकका कर्मचारी ,स्थानीय समाजसेवी ,बुद्धिजीवी लगायतको समेत सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।