'कप्तानगञ्ज घटनाको विरोधमा विराटनगर तनावग्रस्त: टायर बालेर प्रदर्शन, बजार र यातायात ठप्प ।थारू पाेर्टल'

July 31, 2026

विज्ञापन
No data was found

विराटनगर। साउन।१५

सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोधमा शुक्रबार विराटनगरमा उग्र प्रदर्शन भएको छ। प्रदर्शनका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ।

गएको आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो। उक्त घटनालाई लिएर सरकार र पीडित पक्षबीच शुक्रबार बिहान मात्रै सहमति जुटेको थियो। सहमतिपश्चात् शुक्रबार दिउँसो मृतकहरूको अन्त्येष्टि गर्ने तयारी भइरहेकै समयमा विराटनगरमा भने पुनः प्रदर्शन सुरु भएको हो।

प्रदर्शनकारीहरूले विराटनगरका मुख्य चोकहरूमा टायर बालेर विरोध जनाएका छन्। प्रदर्शनका कारण स्थानीय बजार, पसल पूर्ण रूपमा बन्द भएका छन् भने यातायात सेवासमेत ठप्प बनेको छ।

स्थिति सहज बनाउन बिहीबार विराटनगरमा बसेको सर्वपक्षीय बैठकले शुक्रबार दिउँसो ३ बजे सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो। तर, केही व्यक्तिहरूले भने यति नै बेला र्‍याली निकाल्नु हतार हुने भन्दै त्यसको विरोध गरेका थिए। सहमति र र्‍यालीको प्रयासका बाबजुद सडकमा प्रदर्शन नरोकिएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.