भदौ। ८ साेमवार ।
मोरङको रतुवामाई नगरपालिका–९ स्थित बक्राहा गंगा स्वर्गद्वारी सेवा समाजअन्तर्गतको स्वर्गद्वारी आर्यघाटमा छानो निर्माणका लागि समाजसेवी बलबहादुर बस्नेतले १ लाख ३१ हजार रुपैयाँ सहयोग गरेका छन्। बर्खाको समयमा आर्यघाटमा शवको दाहसंस्कार गर्न कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै दाहसंस्कारस्थलमा टिनको छानो निर्माण गर्न उक्त रकम सहयोग गरिएको हो। छानो निर्माण भएपछि वर्षाका समयमा समेत मृतकको अन्तिम संस्कार गर्न सहज हुने अपेक्षा गरिएको छ।

समाजले नदी तथा वातावरण संरक्षणसँगै सामाजिक सेवाका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी बलबहादुर बस्नेत, विशिष्ट अतिथिका रूपमा स्वर्गद्वारी समाजसेवा समितिका अध्यक्ष लक्ष्मीप्रसाद चौलागाईं, उपाध्यक्ष राजकुमार कडरिया, सचिव कालीबहादुर आचार्य, कोषाध्यक्ष डम्बरकुमार लुइटेल, सदस्य टीकाराम चापागाईं, मोहन प्रधान, अशोक खत्री, मोहम्मद शमशेर लगायतको उपस्थिति रहेको थियो। प्रमुख अतिथि बस्नेतले भने सामाजिक सेवाको उद्देश्य आवश्यक ठाउँमा सहयोग पुर्याउनु रहेको बताए। उनले आर्यघाटमा बर्खाको समयमा दाहसंस्कार गर्न आउने परिवारले पानीका कारण समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले छानो निर्माणका लागि सहयोग गरेको बताए। मानिसको जीवनमा जन्म जति महत्वपूर्ण छ, मृत्यु पछिको अन्तिम संस्कार पनि त्यत्तिकै संवेदनशील विषय हो। परिवार शोकमा रहेका बेला वर्षा, घाम वा अन्य कारणले दाहसंस्कारमा थप समस्या नहोस् भन्ने उद्देश्यले मैले आफ्नो क्षमताअनुसार सहयोग गरेको बस्नेतले बताए । आफूले सामाजिक सेवामा सकेसम्म निरन्तर योगदान गर्दै आएको बताउँदै तत्कालको आवश्यकतासँगै दीर्घकालीन रूपमा समुदायलाई उपयोग हुने संरचना निर्माणमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

मैले गरेको सहयोग व्यक्तिगत प्रचारका लागि होइन, समाजमा आवश्यक परेको ठाउँमा उपयोग होस् भन्ने उद्देश्य हो। आज बनाएको संरचना भोलिका दिनमा धेरै परिवारका लागि उपयोगी हुन्छ भने त्यसैमा मेरो खुसी छ,” उनले भने। बस्नेतले सामाजिक सेवामा जात, धर्म, राजनीति वा व्यक्तिगत सम्बन्धभन्दा मानवीय आवश्यकता महत्वपूर्ण हुने बताए। समितिका अध्यक्ष लक्ष्मीप्रसाद चाैलागाईका अनुसार बर्खामा दाहसंस्कार गर्न ठूलो समस्या हुन्थ्यो’ स्थानीयका अनुसार आर्यघाटमा छानो नहुँदा वर्षायाममा शवको दाहसंस्कार गर्न निकै समस्या हुँदै आएको उनलेे बताए । परिवारमा मृत्युको पीडा आफैँमा ठूलो हुन्छ। त्यसमाथि पानी परेको समयमा दाहसंस्कार गर्नुपर्ने अवस्था आउँदा झनै कठिन हुने गरेको थियो। छानो बनेपछि वर्षाका बेला धेरै सहज भएको समेत बताए ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।