मेनु

ईभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु ।थारू पाेर्टल

ईभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु ।थारू पाेर्टल

११। भदौ,

चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

आगो नियन्त्रणमा लिएपछि कारभित्र एक पुरुषजस्तो देखिने व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए। मृतकको पहिचान खुल्न सकेको छैन।

आगलागीबाट कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।