मेनु

सामान्य विवादपछि घरमै पुगेर खुकुरी प्रहार, दुई जना प्रहरी नियन्त्रणमा ।थारू पाेर्टल

सामान्य विवादपछि घरमै पुगेर खुकुरी प्रहार, दुई जना प्रहरी नियन्त्रणमा ।थारू पाेर्टल

लेटाङ । मोरङको लेटाङ नगरपालिका–५ अस्पताल चोकमा सामान्य विवादपछि घरमै पुगेर खुकुरी प्रहार भएको छ। आइतबार साँझ भएको घटनामा तीन जना घाइते भएका छन्।

स्थानीयका अनुसार अस्पताल चोकस्थित पुल हाउसमा दुई पक्षबीच सामान्य विवाद भएको थियो। विवादपछि दुवै पक्षबीच मेलमिलापसमेत भएको थियो। तर, केही समयपछि एक समूह घाइतेहरूको घरमै पुगेर खुकुरी प्रहार गरेको बताइएको छ।

खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन्। उनीहरूको लेटाङ नगर अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको तथा विवादको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।