मेनु

ऋषिपञ्चमीमा आँधीखोलामा स्नान गर्ने क्रममा  खाेलाले बगायाे।थारू पाेर्टल

ऋषिपञ्चमीमा आँधीखोलामा स्नान गर्ने क्रममा  खाेलाले बगायाे।थारू पाेर्टल

स्याङ्जा । स्याङ्जाको वालिङमा ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भूम्रेकी ५३ वर्षीया माया पाण्डे रहेकी छन्। वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रताप पौडेलका अनुसार मंगलबार बिहान भूम्रेस्थित आँधीखोलामा स्नान गर्ने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो।

पाण्डेलाई खोलाले बगाएपछि वडा प्रहरी कार्यालय वालिङको प्रहरी टोली, जनप्रतिनिधि तथा स्थानीयवासीले खोजी गरेका थिए। खोजीका क्रममा घटनास्थलबाट करिब चार किलोमिटर तल वालिङ नगरपालिका–१३ स्थित शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।