रमाइलो ।असाेज।१

रमाइलो जेसीजले जेसीज सप्ताह–२०२६ शनिबारदेखि आयोजना गर्ने भएको छ। जेसीज सप्ताहको उद्घाटन समारोह आगामी २०८३ भदौ ३ गते शनिबार अपरान्न ४ बजे रमाइलोस्थित जेसीज स्तम्भमा हुने आयोजकले जनाएको छ।
कार्यक्रममा रमाइलो जेसीजका महासचिव नूतन झ्वाली, सप्ताह मूल संयोजक जेसी जमुना तिम्सिना तथा रमाइलो जेसीजका अध्यक्ष खिलराज भट्टराई (पवन) लगायतको सहभागिता रहनेछ।
जेसीज सप्ताहको सह–आयोजकमा रमाइलो जुनियर जेसीज रहेको छ। सप्ताहअन्तर्गत विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।