मेनु

जहदाकी मेनुका राजवंशी २०औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्दै ।थारू पाेर्टल

जहदाकी मेनुका राजवंशी २०औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्दै ।थारू पाेर्टल

विष्णु राजवंशी

मोरङ ।असाेज।२

मोरङको जहदा गाउँपालिका–३ की मेनुका कुमारी राजवंशीले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीबाट नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।निरन्तरको मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल मेनुकाले यसअघि चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीको कप्तानी गरेकी थिइन्। उक्त प्रतियोगितामा नेपालले ऐतिहासिक कास्य पदक जित्दा मेनुकाको महत्वपूर्ण भूमिका रहेको थियो।

पहिलो सहभागितामै कप्तानीको जिम्मेवारी सम्हाल्दै नेपाललाई कास्य पदक दिलाउन योगदान गरेकी मेनुका अब २०औँ एसियाली खेलकुदमा पनि उच्च प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछिन्।कोशी प्रदेशबाट नेपाली महिला कबड्डी टोलीमा प्रतिनिधित्व गर्ने एक मात्र खेलाडीका रूपमा मेनुकाको सहभागितालाई प्रदेश तथा मोरङका लागि गौरवको विषयका रूपमा लिइएको छ।

जहदाको स्थानीयस्तरबाट खेलकुद यात्रा सुरु गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेकी मेनुकाको सफलता मेहनत, लगनशीलता र प्रतिभाको उदाहरण बनेको छ। उनको अन्तर्राष्ट्रिय सहभागिताले स्थानीयस्तरमा खेलकुदप्रति युवापुस्ताको आकर्षण बढाउनुका साथै नयाँ खेलाडीलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।

२०औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्न लागेकी मेनुकालाई देशका लागि उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।