मेनु

किरात राई पत्रकार संघ मोरङको अध्यक्षमा विजय खम्बु राई सर्वसम्मत ।थारू पाेर्टल

किरात राई पत्रकार संघ मोरङको अध्यक्षमा विजय खम्बु राई सर्वसम्मत ।थारू पाेर्टल

 असोज, २,पथरी ।

किरात राई पत्रकार संघ मोरङको चौथो जिल्ला अधिवेशनबाट विजय खम्बु राई अध्यक्षमा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनले विजय खम्बु राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा संगीता चाम्लिङ राई र नुतन राई, सचिवमा रिता राई तथा कोषाध्यक्षमा सुजता राई चयन भएका छन् ।त्यस्तै सदस्यहरूमा प्रताप राई, शंकर राई, सन्तोष राई, तृष्णा राई, जीतकुमार राई र छेन्खाम्मा राई सर्वसम्मत चयन भएका छन् ।

दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएपछि राईले किरात राई समुदायका भाषा, संस्कार, संस्कृति तथा पहिचानसँग सम्बन्धित विषयलाई पत्रकारितामार्फत थप प्रभावकारी रूपमा उजागर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।अधिवेशनबाट नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।