मेनु

कानेपोखरीमा प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप टेक्वान्दो प्रतियोगिताआगामी कात्तिक १३ र १४मा हुने ।थारू पाेर्टल

कानेपोखरीमा प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप टेक्वान्दो प्रतियोगिताआगामी कात्तिक १३ र १४मा हुने ।थारू पाेर्टल

कानेपोखरी,असाेज।३।

मोरङको कानेपोखरी गाउँपालिकामा प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप सि.एच. आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ। मोरङ सि.एच. आईटिएफ तेक्वान्दो संघको आयोजनामा आगामी कात्तिक १३ र १४ गते प्रतियोगिता सञ्चालन हुने भएको हो।प्रतियोगिताबारे शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको हो। प्रतियोगितामा कोशी प्रदेशका तीन जिल्लाबाट खेलाडी सहभागी हुने कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलले जानकारी दिए।

मोरङ सि.एच. आईटिएफ तेक्वान्दो संघको आयोजना, कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघको प्राविधिक सहयोग तथा कानेपोखरी गाउँपालिका–६ को आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा स्प्यारिङतर्फ पुरुष १सय१० र महिला १सय०५ गरी २सय१५ जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १५ जना अफिसियल र पाँच जना निर्णायकको सहभागिता रहनेछ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई प्रमाणपत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरिने मोरङ सि.एच. आईटिएफ तेक्वान्दो संघका अध्यक्ष विद्यानन्द चौधरीले बताए। उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय हुने डोजाङलाई समेत नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने उनले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष भुजेलले बताए। प्रतियोगिताले कोशी प्रदेशमा तेक्वान्दो खेलको विकास गर्नुका साथै नयाँ खेलाडी उत्पादनमा समेत योगदान पुग्ने आयोजकको अपेक्षा छ।

कोशी प्रदेशका विभिन्न पालिकामा रहेका डोजाङमा आबद्ध खेलाडीले यसअघि काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगिताका साथै नवलपरासी र बागलुङमा आयोजित प्रतियोगितामा सहभागिता जनाउँदै प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्दै आएका छन्।कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघका अनुसार प्रदेशभर हाल वान डानदेखि थ्री डानसम्मका २५ जना खेलाडी उत्पादन भइसकेका छन्। उनीहरू विभिन्न पालिकामा डोजाङ सञ्चालन तथा प्रशिक्षणमा समेत संलग्न हुँदै आएका छन्।संघले यसअघि पालिका, जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिताका साथै १०औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता समेत आयोजना गरिसकेको जनाएको छ।

पत्रकार सम्मेलन मोरङ सि.एच. आईटिएफ तेक्वान्दो संघका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा पत्रकारहरूले राखेका प्रश्नको जवाफ प्रदेश अध्यक्ष युवराज भुजेलले दिएका थिए भने जिल्ला अध्यक्ष चौधरीले प्रेस विज्ञप्ति वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन जिल्ला सचिव पूर्णीमा अधिकारीले गरेकी थिइन्।कार्यक्रममा प्रदेश उपाध्यक्ष अशोक फुयल, सचिव दिनेश सुब्बा,  काेषाध्यक्ष अंजुला श्रेष्ट सदस्य हरू मोहन भट्टराई ,सनम राेक्का,मनु लिम्वु   लगायतको उपस्थिति थियो। पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवती निरौला, जिल्ला सदस्य ईश्वर दुलाल, पथरीशनिश्चरे नगरपालिकाका सूचना सम्पादक सन्तोष राई, किरात राई पत्रकार संघ मोरङका अध्यक्ष विजय खम्बु तथा नेपाल प्रेस युनियन मोरङका उपाध्यक्ष प्रशान्त निरौलालगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।