मेनु

रंगेली शिक्षा शाखाकाे अनुगमन फितलो अनुमति विपरीत कक्षा सञ्चालनकाे आशंका ।।थारू पाेर्टल

रंगेली शिक्षा शाखाकाे अनुगमन फितलो अनुमति विपरीत कक्षा सञ्चालनकाे आशंका ।।थारू पाेर्टल

असाेज, ३। शनिबार।

मोरङको रंगेली नगरपालिकाभित्र सञ्चालित निजी तथा संस्थागत विद्यालयको कक्षा सञ्चालन अनुमति र वास्तविक पठनपाठनबीच तालमेल हुन सकेको छैन । शिक्षाशाखाकाे प्राप्त बिबरण र प्राप्त सूचनालाई आधार मान्दा केही विद्यालयले आफूले अनुमति पाएको कक्षाभन्दा माथिल्लो तहमा समेत कक्षा सञ्चालन गरिरहेका छन ।

नगरपालिकाकाे उपलब्ध विवरणअनुसार सन रे ई.बो. स्कुलले बाल कक्षादेखि कक्षा १० सम्म, ज्ञानज्योति ई.बो. स्कुलले बाल कक्षा देखि कक्षा ८ सम्म तथा फुलबारी ई.बो. स्कुलले बालकक्षादेखि कक्षा ७ सम्म सञ्चालनको अनुमति लिएको देखिन्छ। त्यस्तै कृपालु गुरुकुल पाठशालाले एक कक्षाको अनुमति, बाल देवदुत ई.बो. स्कुलले कक्षा १० सम्म, आमतोला होलिल्याण्ड ई. स्कुलले पूर्वप्राथमिक तह र मिनिल्याण्ड ई.बो. स्कुलले कक्षा १२ सम्म र माउण्ट मकालु ई.बो. स्कुलले कक्षा १२ सम्म अनुमति प्राप्त गरेको विवरणमा उल्लेख छ।

भानु मेमोरियल एकेडेमीले कक्षा १० सम्म, तथा सनगोलरी ई.बो. स्कुलले कक्षा ८ सम्म, कलवरी ई.बो. स्कुलले कक्षा १ सम्म, न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलले कक्षा १० सम्म, दिव्य ज्योति इङ्लिस बोर्डिङ स्कुलले कक्षा ८ सम्म, बालज्योति इङ्लिस बोर्डिङ स्कुलले कक्षा १० सम्म तथा सनराइज नेशनल इङ्लिस बोर्डिङ स्कुलले कक्षा ७ सम्म अनुमति प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ।

तर केही विद्यालयले अनुमति प्राप्त कक्षाभन्दा माथिल्लो कक्षा सञ्चालन गरिएकाे फेला परेको छ । विद्यालय सञ्चालनका लागि अनुमति लिएको कक्षा र वास्तविक रूपमा सञ्चालन भइरहेको कक्षाको भौतिक तथा स्थलगत अनुगमन प्रभावकारी रुपमा नगरपालिका तथा शिक्षा शाखाकाे समय समयमा निगरानी गर्नुपर्ने देखिन्छ । विशेषगरी नगरपालिका तथा शिक्षा शाखाको अनुगमन फितलो हुँदा अनुमति नलिएका कक्षा सञ्चालन गर्न विद्यालयलाई छानबिन गर्नुपर्ने देखिन्छ । सम्बन्धित निकायले सबै निजी विद्यालयको कक्षा अनुमति र वास्तविक सञ्चालनको विवरण रुजु गरी स्थलगत अनुगमन गर्नुपर्ने देखिन्छ।

अनुमति विपरीत कक्षा सञ्चालन गरेको पाइएमा प्रचलित कानुन तथा शिक्षा सम्बन्धी मापदण्ड अनुसार आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ । विद्यार्थी र अभिभावकको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले विद्यालयले अनुमति पाएको तह, सञ्चालन गरिरहेको कक्षा र सम्बन्धित निकायबाट प्राप्त स्वीकृतिबारे पारदर्शी विवरण नगरपालिकाले सार्वजनिक गर्नु आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।