कानेपाेखरी । असोज ३ ।
विद्यानन्द चाैधरी

रमाइलो जेसीजले आयोजना गरेको जेसीज सप्ताह–२०२६ शनिबार विविध कार्यक्रमसहित सुरूभएको छ।रमाइलोस्थित जेसीज चोकमा आयोजित कार्यक्रममा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रम रमाइलो जेसीजका अध्यक्ष खिलराज भट्टराई (पवन) को अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरन गुरुङ विशिष्ट अतिथि तथा जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोद निरौला अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा रमाइलो जेसीजका पदाधिकारी, सदस्य तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।जेसीज सप्ताहको औपचारिक उद्घाटन ब्यानरमा हस्ताक्षर गरेर गरिएको थियो। सप्ताहअन्तर्गत विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा जेसीजका सम्पूर्ण पदाधिकारीहरूको बाक्लो सहभागिता रहेको थियो।

रमाइलो जेसीजका महासचिव नूतन ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए। सप्ताह मूल संयोजक जेसी जमुना तिम्सिनासहित जेसीजका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
जेसीज सप्ताहको सह–आयोजकका रूपमा रमाइलो जुनियर जेसीज रहेको थियो। सप्ताहमार्फत सामाजिक सेवा, नेतृत्व विकास तथा समुदायसँगको सहकार्यलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ। पहीलाे कार्यक्रम जेनजीले भत्काएकाे जेसी स्तमभ पुन निर्माण गरीएकाे छ ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।