काठमाडौं, ५ असोज ।

काठमाडौंको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार घाइते चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको डा. राईले बताए।

घाइते चालकलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा भीषण आगलागी भएको थियो। आगलागी भएको बसको नम्बर बा ५ ख ४२७४ रहेको प्रहरीले जनाएको छ।

बसका चालक काभ्रे निवासी २५ वर्षीय दावा लामा हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक लामाले आफैँ बसमा आगो लगाएको निष्कर्ष निकालिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।