काभ्रेपलाञ्चोक ।

काभ्रेको रोशी गाउँपालिका–७ स्थित रोशी खोलामा यात्रुवाहक बस खोलाको बीचमै फसेपछि यात्रुहरू आतंकित बनेका छन्। तर, स्थानीयवासीको सक्रियतामा बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको छ।
कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा खोला तर्ने क्रममा बस एक्कासि अनियन्त्रित भई खोलाको बीचमै अड्किएको हो। खोलामा पानीको बहाव उच्च रहेका बेला बस कोल्टे परेपछि यात्रुहरूमा त्रास फैलिएको थियो।घटनालगत्तै स्थानीय बासिन्दाहरू उद्धारमा जुटेका थिए। उनीहरूको तदारुकता र सहयोगमा बसमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाइएको छ।
खोलाको बीचमा फसेको बसलाई समेत बाहिर निकाल्ने प्रयास भइरहेको छ। उच्च बहावका कारण जोखिमपूर्ण अवस्थामा खोला तर्नुपर्ने बाध्यता र भित्री सडकको अवस्थाप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।