पथरी शनिश्चरे समाचारदाता
असाेज-९ गते

मोरङको पथरी शनिश्चरे- १ स्थित पञ्चायत माविकी शिक्षिका शान्तिदेवी गौतम न्यौपानेको निधनमा विद्यालयले उहाँका परिवारलाई ६५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उच्च रक्तचापको समस्याका कारण असोज २ गते ५२ वर्षको उमेरमा निधन हुनु भएकी न्यौपानेको स्मृतिमा आज विद्यालय आधा दिनमात्र सञ्चालन गरेर विद्यार्थीहरुको समेत सहभागितामा श्रद्धाञ्जलीसभा गरिएको थियो ।

त्यसपछि लगत्तै उहाँको घरमा पुगेर नगदसहित समवेदनापत्र हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बरबहादुर राई, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद तिम्सिना र विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीकासाथै समितिका पदाधिकारी, शिक्षक, कर्मचारीसहितको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

बाल शिक्षकका रुपमा रहनु भएकी न्यौपानेको निधनमा दुःख व्यक्त गर्दै बाल विकास शिक्षक संघर्ष समितिले ८ हजार रकम सहयोग प्रदान गरेको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर कमिटीले पनि एकसाथ समवेदनापत्र प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।