मेनु

मोरङ–३ ‘क’ प्रदेश सभापतिमा त्रिभुनाथ  फुयालको उम्मेदवारी ।थारू पाेर्टल

मोरङ–३ ‘क’ प्रदेश सभापतिमा त्रिभुनाथ  फुयालको उम्मेदवारी ।थारू पाेर्टल

 असोज ,९ ।कानेपाेखरी।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ३ ‘क’ प्रदेश सभापति पदका लागि त्रिभुनाथ  फुयाल (सन्तोष) ले उम्मेदवारी घोषणा गरेका छन्।

फुयालले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहदेखि प्रदेशस्तरसम्म जनतासँगको सम्बन्धलाई प्रभावकारी बनाउने उद्देश्यसहित सभापति पदमा उम्मेदवारी दिएको जनाएका छन्।

उम्मेदवारीसँगै सार्वजनिक गरिएको विवरणमा उनले विकास, सुशासन र जनसेवालाई प्राथमिकता दिने बताएका छन्। शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ।

फुयालले युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने, किसानको आयआर्जन बढाउने तथा सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिता कायम गर्न पहल गर्ने विषयलाई समेत आफ्नो एजेन्डामा समेटेका छन्।

उनले आफूलाई जनताको विश्वास र साथमा अघि बढ्ने उम्मेदवारका रूपमा प्रस्तुत गर्दै संगठनलाई थप सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।